आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको दुई वर्षमै मृत्यु भएको एक परिवारलाई बिमांक रकम भुक्तानी गरेको छ । कम्पनीले बीमित सूर्य बहादुर खड्काको मृत्यु बापत एक करोड बीमांक रकम बराबरको रकम भुक्तानी गरेको हो ।
उक्त रकम कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले एक क्रार्यक्रम माझ बीमितकी श्रीमति सिर्जना खड्कालाई हस्तान्तरण गरेका हुन् ।
उक्त क्रार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत फुयाँलले कम्पनी सदैव बीमितको हित, बीमाको सरल सेवा प्रवाह, छिटो छरितो तवरमा दाबी भुक्तानी, जीवन बीमाको जनचेतना र न्युनभन्दा न्युन आयसोत्र भएका समूहमा पहुँचका लागि कटिबद्ध रहेको जानकारी दिए ।
खड्काले कम्पनीको प्रदेश १ को शाखा कार्यालय गाईघाटबाट मिति २०७६ असार ३१ मा जीवन बीमा गरेका थिए । खड्काको २०७८ असार १५ गते उपचारका क्रममा मृत्यु भएको थियो ।