• होमपेज
  • बीमा
  • सन नेपाल लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक

सन नेपाल लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक

  • आइतवार, साउन १७, २०७८
सन नेपाल लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले सन लाइफ सावाधिक सुनौलो जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

यस योजनामा सामान्य मृत्यु भएमा बीमाङक रकमको १.५ गुणासम्म दाबी भुक्तानी पाइनेछ भने दुर्घटनाबाट मृत्यु भएमा बीमाङक रकमको २.५ गुणासम्म बीमा दाबी भुक्तानी पाइने कम्पनीले जनाएको छ । साथै, यस बीमा योजनामा किरिया खर्च सुविधा समेत पाइने कम्पनीले जानकारी गराएको छ ।

यस बीमा योजनामा बीमा अवधि समाप्त भएपछि आर्जित बोनश र बीमाङक रकमको १४० प्रतिशत सम्म भुक्तानी पाइनेछ । जसमा १० वर्ष अवधिको बीमा गराउँदा समय अवधि समाप्तपछि १२४ प्रतिशत, १५ वर्ष अवधिको बीमा गराउँदा १३० प्रतिशत र २० वर्ष अवधिको बीमा गराउँदा १४० प्रतिशत सम्मको भुक्तानी पाइने कम्पनीले जनाएको छ ।

त्यस्तै, बीमा अवधिभित्र कुनै बीमितको मृत्यु भएमा उक्त अवधिसम्मको आर्जित बोनश र बीमाङक रकमको १५० प्रतिशत मृत्यु दाबी भुक्तानी पाइने, ५० लाखसम्मको दुर्घटना मृत्यु लाभ पाइने, ५० हजारसम्मको किरिया खर्च पाइने, बीमाशुल्क भुक्रानीमा छुट पाइने, वार्षिक भुक्रानीमा २ प्रतिशत,अर्धवार्षिक भुक्तानीमा १ प्रतिशत छुट पाइने कम्पनीले बताएको छ ।

यस बीमा योजना खरिदका लागि बीमितको उमेर कम्तिमा १८ वर्ष भएको हुनुपर्नेछ भने अधिकतम ५५ वर्षसम्म उमेरका व्यक्तिे यस योजनामा सहभागी हुन सक्नेछन् । न्युनतम बीमाङक रकम २ लाख हुनुपर्नेछ भने अधिकतममा हुनै हद छैन् । कम्तिमा १० वर्ष अवधिको लागि यस बीमा योजना खरिद गर्न सकिनेछ भने अधिकतम बीमा अवधि २० वर्षको रहेको कम्पनीले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार