• होमपेज
  • वाणिज्य बैंक
  • कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

  • शुक्रबार, असार २५, २०७८
कृषि विकास बैंकमा अनलाइन डिम्याट खातासहित धेरै सेवा लिन सकिने व्यवस्था

कृषि विकास बैंक Agriculture Development Bank Limited ले अनलाइन डिम्याट खाता सेवा सञ्चालनमा ल्याएको छ । शुक्रबारदेखि अनलाइन डिम्याट खाता खोल्ने सहितका सेवाहरुको बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले उद्घाटन गरेका हुन् ।

अब ग्राहकले अनलाइनबाट डिम्याट खाता, मेरो सेयर खाता, सी.आरंएन, मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एटिएम कार्डका लागि निवेदन दिन सक्नेछन् । बैंकमा खाता नभएका ग्राहकहरुले देश तथा विदेशबाट पनि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् ।

यो सेवाका लागि जुनसुकै दिन २४ सै घण्टा आवेदन दिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

एकै निवेदनबाट बैंकका धेरै सेवा लिन सकिने व्यवस्था गर्ने सरकारी बैंकमा कृषि विकास बैंक पहिलो बनेको छ ।

Facebook Comments

सम्बन्धित समाचार