• होमपेज
  • अर्थ/वाणिज्य
  • युएईले नेपाल सहित १३ देशका उडान बन्द गर्ने

युएईले नेपाल सहित १३ देशका उडान बन्द गर्ने

  • आइतवार, असार १३, २०७८
युएईले नेपाल सहित १३ देशका उडान बन्द गर्ने

नेपाली कामदारको प्रमुख गन्तव्यम ध्येको एक मुलक संयुक्त अरब ईमिरेट्स (यूएई) ले नेपाली सहित १३ देशका उडानलाई साउन ६ गते २१ जुलाईसम्म रोक्ने भएको छ ।

युएईको नागरिक उड्डयन प्राधिकरणले एयरमेनलाई जारी गरेको सूचनामा (नोटाम)का अनुसार भारत र १३ अन्य देशहरुबाट लाइबेरिया, नामिबिया, सियरा लियोन, प्रजातान्त्रिक गणतन्त्र कय्गो, युगान्डा, जाम्बिया, भियतनाम, पाकिस्तान, बंगलादेश, नेपाल, श्रीलंका, नाइजेरिया र दक्षिण अफ्रिका, जुलाई २१, २०२१ को बिहानसम्म निलम्बित रहने भनि सूचना जारी गरिएको छ ।

गल्फन्युजका अनुसार नोटिसमा भनिएको छ कि कार्गो उडानका साथै व्यापार र चार्टर उडानहरूलाई प्रतिबन्धबाट छुट दिइनेछ । दुबईको क्राइसिस एन्ड डिजास्टर मैनेजमेन्टको सर्वोच्च समितिका अनुसार युएईले कोरोना भ्याक्सिनको दुई डोज लिएका दुबईका बासिन्दाहरु भारतीय यात्रुहरूलाई यात्राका लागि अनुमति दिइएपछि भारतीय उडानहरू जुन ६ देखि पुनः सुरु हुने आशा गरिएको थियो ।

नेपाल अझै कोरोना संक्रमणको ‘उच्च जोखिम’ रहेको भन्दै यूएईको नागरिक उड्डयन प्राधिकरणले नेपाली उडानलाई लगाएको प्रवेश प्रतिबन्ध आगामी २१ जुलाइसम्म लम्ब्याएको बताएको छ ।

यसअघि उक्त मुलुकले नेपालीलाई ७ जुलाइसम्म प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । वैदेशिक रोजगारीमा जाने मध्ये प्रतिशतका हिसावले यूएईमा १४ प्रतिशत नेपाली जाने गरेका छन् । नेपाल वायुसेवा निगमको वाइडबडी जहाजले गत जुन २३ तारिखदेखि दुबई–काठमाडौंको एकतर्फी हवाई उडान शुरु गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा