• होमपेज
  • समाचार
  • आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा खोल्ने निर्णय

आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा खोल्ने निर्णय

  • मङ्लबार, असार ८, २०७८
आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा खोल्ने निर्णय

सरकारले आन्तरिक र अन्तर्राष्ट्रिय हवाई सेवा सञ्चालन गर्ने निर्णय गरेको छ । असार ७ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । सरकारले हवाई सेवा सञ्चालनमा कोटा प्रणाली लागू गरेर हवाई उडान खुला व्रधानमन्त्री कार्यालयबाट जारी भएको सूचनामा उल्लेख छ ।

मंगलबार जारी गरिएको सूचनामा स्वास्थ्य मागदण्ड अपनाएर आन्तरिकतर्फ कुल उडान संख्याको ५० प्रतिशतमा नबढ्ने गरी सञ्चालन गर्न पाइने छ । अब काठमाडौं-दोहा रुटमा नेपाली वायुसेवाले दुई र कतारका वायुसेवाले दुई गरी सातामा ४ उडान गर्ने भएका छन् । काठमाडौं(इस्तानबुलमा साताको २, काठमाडौं-दुवई रुटमा समेत सातामा चार उडान हुने भएको छ ।

काठमाडौं दमाम रुटमा साताको २, काठमाडौं(कुवेतमा साताको दुई, काठमाडौं-मस्कटमा साताको १ र मलेसियामा साताको चार उडान खुल्ने भएको छ । त्यस्तै, काठमाडौं टोकियो नेपाल वायु सेवा निगमको एक उडान र चीनको छेन्दु( ग्वाङझाओ एक गरि हप्तामा काठमाडौं चीन दुई उडान रहेका छन् ।

 

Facebook Comments

सम्बन्धित समाचार