• होमपेज
  • बैंकिङ्ग
  • एनएमबि बैंकले ल्यायो साईकल र विद्युतीय सवारी कर्जा योजना

एनएमबि बैंकले ल्यायो साईकल र विद्युतीय सवारी कर्जा योजना

  • आइतवार, जेष्ठ २३, २०७८
एनएमबि बैंकले ल्यायो साईकल र विद्युतीय सवारी कर्जा योजना

स्वच्छ सफा र हराभरा वातावरण प्रति प्रतिबद्घता देखाउँदै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारी साधन र साईकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ ।

एनएमबि बैंकले यस विश्व वातावरण दिवसको अवसरमा आफ्नो क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजना अन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरीद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाईनान्सिङ्ग, ७ वर्ष कर्जा अवधी, प्रशानिक शुल्कमा ०.२५ प्रतिशत छुटको अफर ल्याएको हो ।

साथै, एनएमबि बैंक लिमिटेड र माउन्टेन बाईक विक्रेताहरु बीच जुन महिना भरी जिरो प्रतिशत इएमआईमा शुन्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साईकल बुक वा खरीद गर्न सकिने योजना पनि प्रस्तुत गरेको छ ।

यस अन्तर्गत एनएमबिका ग्राहकहरुले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिङ्गल ट्रेक ठमेल, काडमाण्डौं बाईक स्टेशन पानीपोखरी, साईकल ल्याण्ड, काडमाण्डौंबाट माउन्टेन बाईकहरु ‘एनएमबि सुलभ किस्ता’ योजना अन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दिमा खरीद गर्न सक्नेछन् ।

हालको परस्थिती र सरकारले जारी गरेको सुरक्षाको मापदण्डसंगै अघि बढ्ने उद्देश्यकासाथ उक्त योजना अघि सारिएको हो । वातावरणीय संरक्षण र ग्राहकहरुको आवश्यकतालाई सघाउ पु¥याउने कार्यलाई प्रवद्र्घन गर्न बैंकले नयाँ सुविधाहरु प्रस्तुत गरेको हो । हाम्रो पर्यावरण भावी पुस्तालाई सुरक्षित तबरले हस्तान्तरण गर्न हाम्रो आफ्नैं प्रयासले मात्र सक्षम हुनेछ भन्ने संदेश एनएमबि बैंकले दिएको छ ।

“बैंक ग्लोबल एलायन्स फर भ्यालु बेस्ड बैंकिङ्गको सदस्यको नाताले शुन्य कार्वन उत्सर्जनको लागी वातावरण मैत्री बैंकिङ्ग प्रति प्रतिबद्ध रही आफ्ना ग्राहकहरुको आवश्यकता सम्बोधन गर्न उपरोक्त प्रयास गरिएको हो ।” बैंकले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा