• होमपेज
  • फिचर
  • हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने

  • शुक्रबार, बैशाख ३१, २०७८
हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता, देशकै ठूलो बैंक बन्ने

नेपालको वित्तिय क्षेत्रलाई सबल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बंैकले अगाडि सारेको मर्जर÷एक्वीजिसन नीतिको अनुसरण गर्दै नेपाल इन्भेष्टमेण्ट बैंक लि. र हिमालयन बैंक लि. बीच एकआपसमा गाभ्न गाभिनको लागि प्रारम्भिक समझदारी पत्रमा नेपाल इन्भेष्टमेण्ट बैंक लि.को तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे तथा हिमालयन बैंक लि. को तर्फबाट अध्यक्ष तुलसी प्रसाद गौतमले हस्ताक्षर गरी मर्जरको लागि औपचारिक रुपमा कार्य शुभारम्भ भएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंक लि.तथा हिमालयन बैंक लि.दुबै वाणिज्य बैंकको क्षेत्रमा अग्रणी बैंकहरुको रुपमा सबल एवम् सक्षम संस्थाको रुपमा सुपरिचित रहेका छन् । बैंकहरु एकआपसमा गाभिए पछि वित्तीय क्षेत्रमा थप उर्जा प्रदान गरी देश कै सबैभन्दा ठूलो वाणिज्य बैंक बन्नुका साथै यसले नेपाल राष्ट्र बैंकको नीतिलाई समेत थप उत्साह प्रदान गरी अन्य बैंकहरुलाई समेत मर्जरको लागि प्रेरित गर्ने देखिन्छ ।

मर्जर पछि बैंकको नाम “हिमालयन एण्ड नेपाल इन्भेष्टमेण्ट बैंक लि.” हुने र संचालक समितिको अध्यक्षको रुपमा पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा अशोक शमसेर राणा रहने सहमति भएको छ । त्यसैगरी मर्जर पछि बन्ने बैंकको संचालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना संचालक नियुक्त हुने र नयॉ संचालक समितिले स्वतन्त्र संचालकको नियुक्ति गरी जम्मा ७ जनाको संचालक समिति हुनेछ ।
हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को चुक्ता पू‘जी रु.१६.२६ अरब.तथा हिमालयन बैंक लि. को चुक्ता पू‘जी रु. १०.६८ अरब रहेकोमा दुबै बैंक एक भएपछि बैंकको चुक्ता पू‘जी रु.२६.९४ अरब भै सबैभन्दा बढी चुक्ता पू‘जी भएको बैंक बन्नेछ । त्यसैगरी हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को जगेडा तथा कोष रु. १४.१० अरब र हिमालयन बैंक लि. को रु. ७.६७ अरब, कर्जा लगानी तर्फ हाल नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६०.९८ अरब र हिमालयन बैंक लि. को रु. १२७.१४ अरब, र निक्षेप तर्फ नेपाल इन्भेष्टमेण्ट बैंक लि.को रु. १६८.२९ अरब र हिमालयन बैंक लि. को रु. १४३.७० अरब रहेको हु‘दा मर्जरपछि हरेक क्षेत्रमा सबैभन्दा सबल र ठूलो बैंक हुनेछ ।

दुबै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पूंजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको एक सबल एवम् सक्षम बैंकको रुपमा वित्तिय बजारमा स्थापित भई ग्राहकवर्गलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरुलाई राम्रो प्रतिफल दिन सक्षम हुने विश्वास र प्रतिवद्धताका साथ यो मर्जर कार्यमा लागेको दुबै बंैकका अध्यक्षज्यूहरुले जानकारी गराउनु भएको थियो । वहाँहरुले यो रुपान्तरणकारी प्रयासमा हौसला दिने तथा साथ सहयोग पु¥याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक लगायत सम्बन्धित सम्पूर्ण क्षेत्र तथा शुभेच्छुकहरु प्रति हार्दिक आभार व्यक्त गर्नु भएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि