एभरेष्ट बैंक लिमिटेडले दमौलीमा आफ्नो १०३ औं शाखाको शुक्रबार उद्घाटन गरेको छ । ब्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, बैंकको गण्डकी प्रदेश प्रमुख राजु गौलीले संयुक्त रुपमा दमौली, तनहु शाखाको उद्घाटन गरेका हुन् ।
उद्घाटन समारोहमा बैंकले कन्ट्याकलेस पेमेन्टलाई प्रबद्र्घन गर्दै आफ्ना ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासनका साथ क्युआर कोड पनि हस्तान्तरण गरिएको छ ।
बैंकका हालसम्म ११ लाखभन्दा बढी ग्राहकहरु रहेका छन् । बैंकले देशैभरि छरिएर रहेको आफ्नो १०३ शाखा संजाल, प्रादेशिक कार्यालय, १३५ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ ।
साथै, बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।