• होमपेज
  • वाणिज्य बैंक
  • सिटिजन्स बैंकले शुरु गर्यो ‘युएसडी ई–कम’ कार्ड

सिटिजन्स बैंकले शुरु गर्यो ‘युएसडी ई–कम’ कार्ड

  • बुधबार, चैत्र १८, २०७७
सिटिजन्स बैंकले शुरु गर्यो ‘युएसडी ई–कम’ कार्ड

सिटिजन्स बैक इन्टरनेसनल लिमिटेडले युएसडी ई–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बंैकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्ड सम्बन्धी परिपत्र अनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो ।

यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स बंैैकको खातामा रहेको नेपाली रुपैयाँलाई सटही गरी एकै पटक वा पटक पटक गरी बार्षिक ५०० अमेरिकी डलर बराबर सम्मको रकम कार्डमा लोड गर्न बैंक समक्ष अनुरोध गर्न सकिनेछ । युएसडी ई–कम कार्ड प्रयोग गर्न चाहने ग्राहकहरुले आफ्नो खातामा ग्राहक पहिचान केवाइसी बिबरण अद्मावधिक गरेको एवं प्यान कार्ड लिएको हुनुपर्ने छ ।

यस अन्तर्गत ग्राहकहरुले नेपाल र भारत बाहेकका देशहरुबाट अनलाईन मार्फत वस्तु तथा सेवा खरिद बापतको भुक्तानी गर्न यो कार्ड प्रयोग गर्न सक्नुहुनेछ । यो कार्ड प्रयोग गरी एटीएमबाट नगद झिक्न तथा पीओएस मार्फत कारोबार गर्न भने पाइने छैन ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १६७ वटा शाखा, ११८ वटा एटिएम र १०७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे नौ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
निको बाल अस्पताल भरतपुरमा कुमारी बैंकका ग्राहकलाई १५ प्रतिशत छुट
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)