• होमपेज
  • प्रविधि
  • १ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने

१ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने

  • मङ्लबार, फाल्गुन ११, २०७७
१ रुपैयाँमै ६ महिनाका लागि डिमहोमको फाइबर नेट जित्न सकिने

१ रुपैयाँमा ६ महिनाका लागि डिशहोमको फाइबर नेट प्याकेज जित्न सकिने भएको छ ।

दराज हाट बजारमामार्फत १ रुपैयाँमै ६ महिनाको इन्टरनेट प्याकेज जित्न सकिने व्यवस्था मिलाइएको छ । उक्त प्याकेज आज (मंगलबार) देखि लागू हुनेछ । डिशहोम नेटवर्क र नेपालको परिचित अनलाइन सपिङ ब्राण्ड दराजबीच त्यससम्बन्धी सम्झौता भएको हो । दुई कम्पनीबीचको सहकार्यमा दराज हाट बजारमा ७ हजार ८ सय ४५ पर्ने डिशहोम फाईबर नेटको प्याकेज खेल १ रुपैयाको गेममा भाग लिएर जित्न सकिनेछ ।

यसका साथै डिशहोमको नयाँ कनेक्सन, उपकरण तथा कम्वो प्याकेज पनि आकर्षक छुटमा दराजमार्फत खरिद गर्न सकिन्छ । ग्राहकहरु लाई थप सेवा सुविधा दिने उद्देश्यले डिशहोमले दराजसँगको सहकार्यमा डिशहोमको उपकरणहरु सहुलियत मूल्यमा अनलाइनमार्फत खरिद गर्न सकिने व्यवस्था गरिएको छ । यसवाट ग्राहकहरुले डिशहोमको नयाँ कनेक्सन र प्याकेजहरु आकर्षक छुट मूल्यमा सजिलै अनलाइनमार्फत पनि खरिद गर्न सक्ने डिमहोमले जनाएको छ ।

 

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने