ग्लोबल आइएमई बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपालद्वारा संचालित टिच फर नेपाल फेलोसिप कार्यक्रमलार्ई ८ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।
बैंककी बजार तथा व्यवसाय प्रवर्द्धन विभाग प्रमुख शान्ता शिवाकोटी र टिच फर नेपालकी प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरिन्। कार्यक्रममा शिवाकोटीले सामाजिक कार्यमा बैंक सधैं अग्रसर रहेको बताइन्। टिच फर नेपालकी सिइओ श्रेष्ठले टिच फर नेपाल फेलोसिपलाई आर्थिक सहयोग दिएकोमा बैंकलाई धन्यवाद दिइन्।