• होमपेज
  • प्रविधि
  • उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई आग्रह

उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई आग्रह

  • बिहिबार, कार्तिक २०, २०७७
उच्च गुणस्तरयुक्त सेवा प्रदान गर्न नेपाल टेलिकमलाई आग्रह

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपाल टेलिकमलाई उच्च गुणस्तरयुक्त सेवा प्रदान गरी १०३ वर्षे सेवाको इतिहास जोगाउन आग्रह गर्नुभएको छ । टेलिकमद्वारा आज यहाँ आयोजित आफ्नो स्वागत समारोहमा मन्त्री गुरुङले मुलुककै अग्रणी दूरसञ्चार सेवा प्रदायक कम्पनीको गरिमालाई कायम राख्दै गुणस्तरीय सेवा प्रवाहमा नचुक्न सम्बद्ध अधिकारीलाई आग्रह गर्नुभयो ।

“दूरसञ्चार सेवालाई भरपर्दाे बनाउनुपर्ने प्रमुख आवश्यकता छ”, मन्त्री गुरुङले भन्नुभयो, “दुर्गम क्षेत्रका नागरिकलाई सेवा दिन सक्यौँ कि सकेनौँ त्यसको लेखाजोखा गर्नुहोस्, मन्त्रालय आवश्यक सहयोग गर्न तयार छ ।”

टेलिकमलाई आफ्नो पहिचान जोगाएर आवश्यक रणनीतिका साथ अघि बढ्न मन्त्री गुरुङले सुझाव दिनुभयो । उहाँले सेवाग्राही कति छन्, तर्जुमा गरेका कार्यक्रम लागू भए कि भएनन्, भएनन् भने किन गरिएन भन्ने कुराको समीक्षा जरुरी रहेको बताउँदै भन्नुभयो, “फोरजी सेवाका बारेमा आलोचना सुनिँदै आएको छ, हामी कहाँ अड्किरहेका छौँ, समस्या के हो, यकिन गर्नुहोस्, कतै दुरुपयोग भएको रहेछ भने त्यसको पहिचान पनि गर्नुहोस्”, मन्त्री गुरुङले थप्नुभयो ।

सूचना महामार्ग बनाउने योजनाका विषयमा नयाँ रणनीतिका साथ अघि बढ्न र विगतमा गरिएको प्रतिबद्धता पूरा गर्न उहाँले आग्रह गर्नुभयो । सबै पालिका र विद्यालयमा ब्रोडब्याण्ड पु¥याउने, फोरजी सेवा विस्तार गर्ने र भूउपग्रह स्थापनाका लागि कार्य अघि बढाउने विषय कार्यसम्पादन सम्झौतामा उल्लेख भएको स्मरण गराउँदै मन्त्री गुरुङले त्यसको अक्षरशः कार्यान्वयनमा लाग्न पनि निर्देशन दिनुभयो । सबै पालिकामा इन्टरनेट पु¥याउन सकियो भने मात्रै पनि ठूलो उपलब्धि हुने उहाँको भनाइ थियो । उहाँले टेलिकमको समग्र विकासका लागि रुपान्तरित कार्ययोजना बनाउन आग्रह गर्नुभयो ।

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न टेलिकमको महत्वपूर्ण योगदान रहने स्मरण गराउँदै सरकारका प्रवक्ताले त्यसका लागि आउने अवरोध चिर्न सरकार तयार छ भन्नुभयो । खरीद ऐनका विषयमा आएका अप्ठेरा सल्टाउन मन्त्रालयले सहयोग गर्ने आश्वासन पनि उहाँले दिनुभयो ।

राज्यका चार सञ्चार संस्था राष्ट्रिय समाचार समिति (रासस), नेपाल टेलिभिजन, गोरखापत्र संस्थान र रेडियो नेपालमा धेरै सुधार गर्नुपर्ने आवश्यकता आफूले देखेको र सोहीअनुसारको सुधारका काम टेलिकममा पनि जरुरी रहेकामा उहाँले जोड दिनुभयो ।

उहाँले सरकारी संस्थामा काम गरेर निजी कम्पनीमा योगदान गर्ने कर्मचारीको पहिचान गर्न पनि निर्देशन दिनुभयो । “त्यस्ता व्यक्तिहरुलाई प्राइभेट कम्पनीले किनेकाले सरकारी कम्पनी कमजोर भएका छन्, मोबाइल ट्रयाकिङ प्रणाली प्रयोग गरेरै भए पनि खोजी गर्नुहोस्, यो मेरो कडा निर्देशन छ”, मन्त्री गुरुले थप्नुभयो, “पछि कुनै तरिकाले फेला प¥यो भने व्यवस्थापनलाई नै स्पष्टीकरण सोध्नुपर्ने अवस्था आउन सक्छ ।” उहाँले कर्मचारी सङ्घसङ्गठनलाई पनि संस्थाको हितमा काम गरे आवश्यक सहकार्य गर्न मन्त्रालय तयार रहेको जानकारी गराउनुभयो ।

सो अवसरमा सञ्चार मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले नेपाली जनतालाई गुणस्तर सेवा दिनु नै संस्थाको प्रमुख उद्देश्य रहेको बताउनुभयो । टेलिकम सञ्चालक समितिका अध्यक्ष बस्यालले भन्नुभयो, “सेवाप्रति नागरिकले मूल्याङ्कन गरिरहेका हुन्छन्, हरेक गाउँमा पुगेको सेवाले काम गरिरहेको छ कि छैन भनेर अध्ययन गर्नु जरुरी छ ।” उहाँले अझै पनि टेलिकम सेवाको माग बढ्दो रहेको जानकारी दिनुभयो ।
नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले मन्त्री गुरुङसामु कार्यालयले हालसम्म गरेका गतिविधि र भावी कार्ययोजनाबारे जानकारी गराउनुभएको थियो । समारोहमा कर्मचारीले विनियमावली नआउँदा वृत्तिविकासलगायत गतिविधि रोकिएकाले सहजीकरण गर्न मन्त्री गुरुङलाई अनुरोध गर्नुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने