• होमपेज
  • शेयर मार्केट
  • कुमारी बैंकले प्रस्ताव गर्यो १४ प्रतिशत लाभांस

कुमारी बैंकले प्रस्ताव गर्यो १४ प्रतिशत लाभांस

  • बिहिबार, कार्तिक ६, २०७७
कुमारी बैंकले प्रस्ताव गर्यो १४ प्रतिशत लाभांस

कुमारी बैंकले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीलाई १४ प्रतिशत लाभांस  दिने प्रस्ताव गरेको छ।

बैंकको बुधवार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर तथा चार प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो।

बैंकले गरेको लाभांसको प्रस्ताव नेपाल राष्ट्र बैंकको अनुमति र बैंकको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण हुनेछ।

बैंकको अहिले चुक्ता पुँजी १२ अर्व ५२ करोड रुपैयाँ छ। बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी १३ अर्व ७५ करोड रुपैयाँ पुग्नेछ।

२० वर्ष देखी बैंकिङ सेवा दिंदै आएको कुमारी बैंकसँग अहिले एक खर्व २२ अर्ब निक्षेप र एक खर्व १५ अर्ब रुपैयाँ कर्जा लगानी छ।

Facebook Comments

सम्बन्धित समाचार