आकाश छुन लागे जस्तो यी पहाड
पातल छुन लागे जस्तो यी तराई
यो कतै नमिलेको यो पृथ्वी(नेपाल) देख्दा
ए देख्नेहरू हो हाँस उठ्दैन्?
भुकम्पले हल्लाए धुरी सम्म झर्ने
इन्द्र जि रिसाए पहाड सुलुलु बग्ने
तराई चुर्लुम्म डुब्ने ।
छ्याँ यो ब्रम जीको कला
ए देख्नेहरू हो हाँस उठ्दैन् ?
रूने त भोग्नेहरूले मात्रै हो…!
अहिले चिच्चाइ-चिच्चाइ रूने पालो लिदीको रहेछ
धैर्य गर,बिन्ती धैर्य गर
भोलि सरकार ढलेपछि धुरू धुरू रूने मन्त्रीहरूको पनि पालो हो।