• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंककाे खुद नाफा ५३ करोड ९३ लाख

गरिमा विकास बैंककाे खुद नाफा ५३ करोड ९३ लाख

  • आइतवार, साउन ३२, २०७७
गरिमा विकास बैंककाे  खुद नाफा ५३ करोड ९३ लाख

गरिमा विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त विवरण अनुसार चौथो त्रैमाससम्ममा बैंकले ५३ करोड ९३ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेकाे छ । उक्त नाफा रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ९.२७ प्रतिशतले थाेरै हाे । गत वर्षकाे यसै अवधिसम्ममा बैंकले ५९ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेकाे थियाे ।

यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद व्याज आम्दानी गर्न सफल भएकाे छ । उक्त व्याज रकम गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा २२ कराेड रूपैयाँले धेरै हाे । गत वर्षकाे यसै अवधि सम्ममा बैंकले १ अर्ब ४० करोड रुपैयाँ खुद व्याज आम्दानी गरेकाे थियाे ।

त्यसैगरी, चौथो त्रैमाससम्ममा बैंकले ७६ करोड २३ लाख २५ रूपैयाँ सञ्चालन मुनाफा गरेकाे छ । उक्त मुनाफा गत आर्थिक वर्षकाे यसै अवधिको तुलनामा ११.८३ प्रतिशतले थाेरै हाे । गत आर्थिक वर्षकाे यसै अवधिमा बैंककाे सञ्चालन मुनाफा ८६ करोड ४६ लाख २२ हजार रुपैयाँ रहेकाे थियाे ।

Facebook Comments

सम्बन्धित समाचार