• होमपेज
  • शेयर मार्केट
  • अजोडकाे दोस्रो बजारमा कारोबार मूल्य २९१ रुपैयाँ

अजोडकाे दोस्रो बजारमा कारोबार मूल्य २९१ रुपैयाँ

  • सोमवार, साउन १२, २०७७
अजोडकाे दोस्रो बजारमा कारोबार मूल्य २९१ रुपैयाँ

नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले अजोड इन्स्योरेन्सको साधारण सेयरको दोस्रो बजारका लागि शुरुआती मूल्यको सीमा निर्धारण गरेको छ ।

कम्पनीको मंगलवारदेखि दोस्रो बजारमा कारोबार हुने गरी पहिलो कारोबारका लागि कम्तिमा ९७ रुपैयाँदेखि बढीमा २ सय ९१ रुपैयाँसम्मको मूल्य सीमा तोकेको हो । कारोबार मूल्य तयसँगै कम्पनीको ३० लाख कित्ता साधारण सेयर समेत नेप्सेमा सुचीकृत भएको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १ सय १२ दशमलव ४६ रुपैयाँ छ । नेप्सेले कम्पनीहरुको पहिलो कारोबारका लागि नेटवर्थको बढीमा तीन गुणासम्मको हाराहारीमा रहनेगरी मूल्य सीमा तोक्ने गरेको छ ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । सर्वसाधारणमा सेयर जारी गरेपछि यो एक अर्ब रुपैयाँ पुगेको छ ।

२०७५ असार २१ बाट औपचारिक कारोबार शुरु गरेको अजोडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा तीन करोड ५१ लाख रुपैयाँ खुद नाफा गरेको छ ।

यस्तै गत आवमा बीमाशुल्कवापत कुल ६० करोड ६३ लाख रुपैयाँ आम्दानी गरेको अजोडको प्रतिशेयर आम्दानी ५.०२ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार