• होमपेज
  • समाचार
  • साउनको पहिलो सोमबार पशुपति नखुल्ने

साउनको पहिलो सोमबार पशुपति नखुल्ने

  • आइतवार, साउन ४, २०७७
साउनको पहिलो सोमबार पशुपति नखुल्ने

सरकारले तत्काल पशुपतिनाथ मन्दिर सर्वसाधरणको लागि खुला गर्ने निर्णय नगरेकाले पहिलो सोमबार मन्दिर खुला नगरिने पशुपति बिकास कोषले जनाएको छ ।  साउन ७ गतेसम्म लकडाउन कायम रहेकाले मन्दिर नखुल्ने भएको हो

भिडभाड बढी हुने मठमन्दिर लगायतका क्षेत्र भने खुलेका छैनन् । मन्दिर खुला गर्ने, नगर्ने भन्ने सरकारको निर्णय कुरेर बसेको पशुपति क्षेत्र बिकास कोषका प्रशासकिय अधिकृत गौरीशंकर पराजुलीले बताए ।

हाल मन्दिरमा नित्य पुजा मात्र भइरहेको उनले बताए । हरेक बर्ष साउनको प्रत्येक सोमबार पशुपिनाथमा विशेष भिडभाड हुने गर्दछ । भक्तजनहरुले सुन्दरीजलबाट जल ल्याएर पशुपति नाथमा चढाउने गरेका थिए । भारत तथा नेपालको विभिन्न जिल्लाबाट यहाँ बोलबम आउने गर्छन् ।

Facebook Comments

सम्बन्धित समाचार