• होमपेज
  • बैदेशिक रोजगार
  • कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

  • मङ्लबार, असार ३०, २०७७
कोरियामा नेपाली श्रमिकको तलब वृद्धि

दक्षिण कोरियामा काम गरिरहेका नेपाली श्रमिकको न्यूनतम ज्याला वृद्धि भएको छ । सन् २०२१ का बाट लागू हुने गरी ज्याला निर्धारण समितिले कोरियामा श्रम गरिरहेका स्वदेशी तथा विदेशी मजदूरको ज्याला १३० कोरियन वोन बढाएको हो । योसँगै नेपालीको पनि तलब बढेको हो ।

मजदूर सङ्घका प्रतिनिधि, उद्योग सङ्घका प्रतिनिधि तथा सरकारी कर्मचारीको पटकपटकको बैठकले प्रतिघन्टा १३० वनअर्थात् हालको ज्यालाअनुरुप १.५ प्रतिशत ज्याला वृद्धि गर्ने निर्णय गरेको हो । निर्णयानुसार सन् २०२१ देखि प्रतिघन्टा आठ हजार ७२० वोन पुग्ने छ । अर्थात् अब कोरियामा रोजगारी गरिरहेका नेपालीको न्यूनतम ज्याला रु ८७० पुग्नेछ । महिनामा २०९ घण्टा श्रम पूरा गर्ने मजदूरको न्यूनतम तलब रु १८ लाख २२ हजार ४८० वन लगभग रु एक लाख ८० हजार पुग्नेछ ।

सन् २०२० लागि २.९ प्रतिशत वृद्धि भएको तलब यस वर्ष भने कम वृद्धि भएको हो । कोरोना माहामारीका कारण कतिपय कम्पनी चल्न मुस्किल भएकाले पनि तलब वृद्धि कम हुन सक्ने बताइएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा