• होमपेज
  • समाचार
  • क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

  • सोमवार, असार २९, २०७७
क्लिन फिड नीति साउन १ गतेदेखि नै लागू गर्न माग

सरोकारवाला सङ्घसंस्थाले आगामी कात्तिक ८ गतेदेखि लागू हुने भनिएको विज्ञापनरहित क्लिन फिड नीति आगामी साउन १ गतेदेखि नै कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् । नेपाल मिडिया सोसाइटी, नेपाल विज्ञापन सङ्घ, ब्रोडकाष्टिङ एसोशिएसन अफ नेपाल र सामुदायिक रेडियो प्रसारक सङ्घले आज सञ्चार तथा सूचना प्रविधिमन्त्रीलाई संयुक्तरुपमा ज्ञापनपत्र बुझाउँदै देश र जनताका हितमा रहेको सो नीति विलम्ब नगरी कार्यान्वयन गर्न माग गरेका हुन् ।

धेरै वर्षदेखि नेपाली मिडियाले नेपाल सरकारसँग क्लिन फिड नीति लागू गर्न माग गर्दै आइरहेको सन्दर्भमा नेपाल सरकार, मन्त्रिपरिषद्को २०७३ साउन ७ गतेकोे बैठकद्वारा नेपालमा वितरण भइरहेका विदेशी टिभी च्यानलमा क्लिन फिड लागू गर्ने नीति पारित गरेको थियो । वर्तमान सरकार बनेपछि विज्ञापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकमा ‘क्लिन फिड’ नीति लागू गर्ने स्पष्ट कानूनी व्यवस्था गरेकामा ती सङ्घसंस्थाले स्वागत गरेका थिए ।

विदेशी च्यानलमा क्लिन फिड नीति भनेको नेपालको सीमाभित्र प्रसारण, वितरण हुने विदेशी टिभी च्यानल पूर्णरुपमा विज्ञापनरहित हुनुपर्दछ भन्ने हो । स्वदेशी उत्पादन र उद्योगलाई समेत यो नीतिले सहयोग र विस्तारका लागि प्रवद्र्धन गर्नुका साथै परनिर्भरतालाई समेत कम गर्न सघाउ पु¥याउने भनेर आफूहरुले बारम्बार पैरवी गर्दै र नीति लागू गर्न माग गर्दै आएको ज्ञापनपत्रमा उल्लेख छ ।

केही समययता नेपालले आफ्नो परिमार्जित नक्सा जारी गरेपछि केही भारतीय सञ्चारमाध्यमबाट नेपाल र प्रधानमन्त्रीको नाम जोडेर कपोलकल्पित र भ्रामक समाचार प्रसारित गरेको कार्यलाई समेत धेरै हदसम्म रोक्नका लागि पनि सो नीति नयाँ आर्थिक वर्षदेखि नै लागू गर्नु सबै दृष्टिकोणले उपयुक्त हुने उक्त संस्थाको ठहर छ । विदेशी च्यानललाई विज्ञापनरहित गर्नु भनेकोे आयात निरूत्साहित गरेर नेपालको व्यापार घाटा कम गर्ने र उत्पादनशील क्षेत्रलाई लागत प्रतिस्पर्धी बनाउने एउटा महत्वपूर्ण कदम पनि भएको ज्ञापनपत्रमा उल्लेख छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि