• होमपेज
  • प्रविधि
  • एनसेल र प्रभु पे बीच संझौता

एनसेल र प्रभु पे बीच संझौता

  • मङ्लबार, असार ९, २०७७
एनसेल र प्रभु पे बीच संझौता

एनसेल र प्रभु पे बीच डिजिटल वालेट प्रयोगबारे संझौता भएको छ । अब एनसेलका ग्राहकले अझै सजह रूपमा डिजिटल वालेट प्रयोग गर्न सक्नेछन् ।
विविध सेवा तथा सुविधाहरूको प्रयोगका लागि अनलाइन भुक्तानी गर्न डिजिटल वालेटहरूको प्रयोग बढिरहेको अवस्थामा एनसेलले प्रभु–पे सँग सहकार्य गरेको हो । अब प्रभु पे वालेटका प्रयोगकर्ताले आवश्यकताअनुसार सजिलै एनसेलका विभिन्न डेटा र भ्वाइस प्याकहरू किन्न सक्नेछन् । एनसेलले ग्राहकहरूलाई विश्वस्तरीय सेवा प्रदान गर्ने र देशको डिजिटल इकोसिस्टमको विकासमा योगदानमा पुर्याउने आफ्नो प्रतिबद्धताबमोजिम सेवाहरू किन्ने प्रक्रियालाई अझै सहज बनाएको हो । शुरुवाती चरणमा ग्राहकले प्रभु पे वालेटमार्फत वा वालेटसँग जोडिएको बैंक खाताबाट विभिन्न ६ वटा डेटा प्याक र ६ वटा भ्वाइस प्याक सुचारु गर्न सक्छन् ।

ग्राहकहरुले पहिला मोवाइलमा मेन ब्यालेन्स रिचार्ज गरी आफै प्याकहरु सुचारु गर्ने प्रक्रियामा नगई अब आफ्नो आवश्यकताअनुसार प्याकहरु सिधैं खुद्रा विक्रेता मार्फत किन्न सक्नेछन् । ग्राहकले नजिकैको खुद्रा विक्रेताबाट आवश्यकताअनुसार आफ्नो मोबाइलमा प्याक लिन सक्छन् । यो प्रक्रियामा खुद्रा विक्रेताले ग्राहकको आग्रहबमोजिम एसएमएस वा यूएसएसडीमार्फत प्याकको कोड र ग्राहकको मोबाइल नम्बर एनसेललाई पठाउँछन् र छानिएको प्याक सिधैं सम्बन्धित ग्राहकको नम्बरमा सुचारु हुन्छ ।
ग्राहकले एनसेलका आधिकारिक खुद्रा विक्रेता प्रभु–पे मार्फत करसहित मात्र रु। ९८.९९ मा २,१०० एमबी डेटा किन्न सक्छन् । यो डेटा ग्राहकले प्रत्येक दिन ३०० एमबीका हिसाबले ७ दिनसम्म चलाउन सक्छन् । त्यस्तै करसहित मात्र रु। ४९८.८३ मा १५,००० एमबी लिन सकिन्छ । यो प्याकमा ग्राहकले दैनिक ५०० एमबी डेटा ३० दिनसम्म पाउँछन् ।
डेटा सेवाको आवश्यकता अलि बढी रहेका ग्राहकले यी माध्यमबाट करसहित रु ९९८.९७ मा ३६,००० एमबी लिन सक्छन् । यस प्याकअन्तर्गत ग्राहकहरूले दैनिक रूपमा १२०० एमबी ३० दिन पाउँछन् । प्याकअन्तर्गत उपलब्ध हुने डेटा भोलुम सकिए पनि प्याकको समयावधि बाँकी रहेसम्म मेन ब्यालेन्सबाट रकम काटिनेछैन

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा