• होमपेज
  • वाणिज्य बैंक
  • कोरोना बीमाको पहिलो दाबी भुक्तानी कृषि विकास बैंकका कोरोना पिडितलाई

कोरोना बीमाको पहिलो दाबी भुक्तानी कृषि विकास बैंकका कोरोना पिडितलाई

  • शुक्रबार, जेष्ठ ३०, २०७७
कोरोना बीमाको पहिलो दाबी भुक्तानी कृषि विकास बैंकका कोरोना पिडितलाई

कोभिड प्रभावित कृषि विकास बैंकका कर्मचारीले १ लाख क्षतिपूर्ति पाएका छन् । आज एक कार्यक्रमको आयोजना गरी विमक कम्पनी नेको इन्स्योरेन्सले ओमवहादुर डाँगीलाई कोभिड बीमा लेख खरिद गरे वापत क्षतिपूर्ति स्वरुप सो रकम उपलब्ध गराइएको हो ।  बीमा समितिले कोभिड लेख जारी गरेपछि कोरोना संक्रमितले क्षतिपूर्ति पाएको पहिलो विमाङ्क रकम हो ।

कृषि विकास बैंक गुल्मी फुर्कोट दह मदानेमा कार्यरत उक्त कर्मचारीलाई केही दिन कोरोना लागेको थियो । अहिले उनी कोरोनालाई जितेर घर फर्किएका छन् । कोभिड टेष्टमा नेगेटिभ देखिएपछि डाँगीले आफ्नो कार्यमा समेत फर्किसकेका छन् ।

उहाँलाई सन्चो भएर काममा फर्किसकेका बैंकका प्रवक्ता हिमलाल पौडेलले बताए । ‘काममा फर्किएपछि हामीले उहाँलाई क्षतिपूर्ति स्वरुप चेक हस्तातरण गरिएको हो,’ उनले भने ‘नेको इन्स्योरेन्सले विमक संघका अध्यक्ष दिप प्रकाश पाण्डेको उपस्थितिमा चेक हस्तान्तरण गरेको हो ।’

चेक हस्तान्तरण कार्यक्रममा नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्का, कपोरेट प्रमुख गोकर्ण दवाडी, कृषि विकास बैंकका उपमहाप्रवन्धक तथा नेको इस्योरेन्सका सञ्चालक सदस्य धु्रवचन्द्र गौतम, जनशक्ति व्यवस्थापन विभागका दीर्घवहादुर अर्याल तथा निर्मल प्रसाद उपाध्ययको उपस्थिति रहेको थियो  ।

चेक हस्तान्तर कार्यक्रममा निजकोको उपस्थिति रहेको थिएन । कृषि विकास बैंकका जनशक्रि विभाग प्रमुख निर्मल प्रसाद उपाध्ययले बीमा कम्पनीले उपलब्ध गराएको चेक बुझेका हुन् । उक्त क्षतिपूर्ति रकम बैंकले निजको बैंक खातामा राखिदिनेछ ।

कसरी बनेका थिए डाँगी कोभिड प्रभावित

डाँगी कृषि विकास बैंकको गुल्मी फुर्कोट दह मदानेमा कार्यरत कर्मचारी हुन् । केही दिन अघि त्यहाँका एक शिक्षकको कोरोनाका कारण मृत्यु भएको थियो  । शिक्षकको घरमा कोठा गरी बस्दै आएका डाँगीलाई शिक्षकबाट कोभिड सरेकोह ुन सक्ने अनुमान गरिएको छ । शिक्षकलाई अन्य दीर्घ रोग पनि लागेको थियो । उनकै देखबाल गर्ने क्रममा डाँगीलाई कोरोना देखिए पछि गुल्मी कै आइसोलेशनमा राखिएको थियो । एक साता आइसोलेशनमा बसेपछि पुनः परीक्षण गर्दा उनमा कोरोना नेगेटिभ देखिएपछि उनी अहिले कार्यालय फर्केर काम गर्न थालेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा