• होमपेज
  • समाचार
  • कतार एयरवेजले एक लाख वटा टिकट निःशुल्क दिने

कतार एयरवेजले एक लाख वटा टिकट निःशुल्क दिने

  • मङ्लबार, बैशाख ३०, २०७७
कतार एयरवेजले एक लाख वटा टिकट निःशुल्क दिने

कतार एयरवेजले स्वास्थ्य सेवामा अग्रपंक्ति रही कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पु¥याएको अतुलनीय योगदानका लागि आभार स्वरुप एक लाख वटा निःशुल्क हवाई टिकट वितरण गर्ने घोषणा गरेको छ ।

एयरलाइनले दोहाको समय अनुसार 12 May ००ः०१ बजे देखि 18 May  २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्ने जनाएको छ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत qatarairways.com/ThankYouHeroes मा फारम भरी दर्ता गर्न सक्नेछन् ।  दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ ।

Facebook Comments

सम्बन्धित समाचार