सुनिल के.सी. नेपालको बैकिङ्ग इतिहासमा चिनाई राख्नु पर्ने नाम पक्कै होइन । स्ट्यान्डर्ड चाटर्ड बैंक नेपाल लिमिटेडबाट बैकिङ्ग करिअर शुरु गरेका क्षेत्री नेपालकै ठूलो र सबैभन्दा पहिला विदेशबाट डलरमा कर्जा ल्याउन सफल बैंक एनएमबी बैंक लिमिटेडका सीइओ छन् । बैकिङ्ग क्षेत्रमा तीन दर्शक विताएका के.सी. सालिन स्वभाव र सोचेर निर्णय गर्ने बैंकरहरुको सूचीमा पर्ने बैंकर मानिन्छन् ।
सन् १९९५ मा नेपाल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्सले ‘ग’ वर्गको वित्तीय संस्थाको रुपमा कारोबार थालेको थियो । सन् २००८ मेमा ‘क’ वर्गको वाणिज्य बैंकमा स्तरोन्नति भएर एनएमबी बैंकले वित्तीय कारोबार सुरु गरेको इतिहास छ । वाणिज्य बैंक भएपछि यसबीचमा एनएमबी बैंकले ओम डेभलपमेन्ट बैंक (तत्कालीन सिटी डेभलपमेन्ट बैंक र ओम फाइनान्स), क्लिन इनर्जी डेभलपमेन्ट बैंक, पाथिभरा विकास बैंक, भृकुटी विकास बैंक र पु्रडेन्सियल फाइनान्सलाई आफूमा गाभिसकेको छ । विदेशी मुद्रामा ऋण ल्याउने पहिलो बैंक र ग्लोबल एलाइन्स फर बैंकिङ अन भ्यालुज (जीएबीभी) को नेपालबाट पहिलो सदस्यता प्राप्त गर्ने बैंक पनि भएको छ । यी सबै घटनाक्रमका साक्षी सुनिल केसीले करिब ३ वर्षदेखि एनएमबी बैंकलाई हाँकिरहेका र कुशल नेतृत्व दिँदै आएका छन् ।
सन् १९९० मार्चमा स्ट्यान्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करियर सुरु गरेका केसीले २००८ मार्चमा एनएमबी बैंकमा प्रवेश गरेपछि फर्किनु परेको छैन । बैंकको प्रमुख कार्यकारी अधिकृत के.सी. बनेकै वर्ष फाइनान्सियल टाइम्स लन्डनबाट प्रकाशित ‘द बैंकर’ बाट दिइने प्रतिष्ठित ‘बैंक अफ दि इएर २०१७’ अवार्ड थाप्ने अवसर उनीले पाए । त्यसलगत्तै अर्को वर्ष पनि बैंक अफ द इएर २०१८ पनि एनएमबीले नै फेरी हात पार्यो । यसले वित्तीय क्षेत्रमा एनएमबी बैंक सबल र स्थापित संस्थाका रुपमा परिचित हुन पुग्यो भने सिईओ केसीको कार्यकुशलता पनि प्रकट हुँदै गयो । विज्ञानमा स्नातक र एमबीए गरेका केसीले वित्तीय क्षेत्रमा छुट्टै पहिचान बनाउँदै एनएमबी बैंकलाई नयाँ स्वरुपमा चलाएका हुन् भन्दा अब फरक पर्दैन ।
वर्तमान अवस्थामा विश्वभरी महामारीकारुपमा फैलिएको कोरोना भाइरसले नेपाल पनि अछुतो रहेन । केही संकेटहरु देखा परेका छन् । वैशाख ३ गतेसम्मका लागि सरकारले देशलाई लकडाउन गरेको अवस्था विद्यमान छ । लक डाउनका कारण सरकारको अनुमति विना घर बाहिर निस्कन सक्ने अवस्था नै छैन । यस्तो विषम परिस्थितिमा पनि नेपालका निजी क्षेत्रको अब्बल र सक्षम एनएमबी बैंकले सेवा प्रदान गरिरहेको देखिन्छ । डिजिटल कारोबारलाई प्रोत्साहन दिएको एनएमबी बैंकले डिजिटल कारोबार गर्न नसक्ने ग्राहकलाई कारोबार सुचार गर्न केही शाखाहरु संचालन गरि सेवा दिइरहेको देखिन्छ । यस्तो अवस्थामा बैंक खोलेर सेवा दिन के कस्ता कठिनाईहरु छन् ?
शाखा खुलेको मात्रै छ कि कारोबार छ । कोरोना भाईरसका कारण नेपालको अर्थतन्त्रलाई कस्तो असर पर्ने देखिन्छ र आगामी चैत्र महिनामा आउने बैंकहरुको वित्तिय विवरणमा यसले कस्तो असर पर्ने र राज्य कोषमा एनएमबी बैंकले के कस्तो राहत दिएको छ । यिनै र यस्ता विषयमा एनएमबी बैंक लिमिटेडका सीइओ सुनिल केसीसंग आर्थिक बजार डटकमका सम्पादक भूपेन्द्र आचार्यले गरेको कुराकानीः
० यो बिसम र अप्ठ्यारो अवस्थामा २८ वाणिज्य बैंकहरुले डिपोजिटको व्याजदर घटाउनुले ग्राहहरुलाई अन्याय भएन र ?
सबै बैंकले घटाएका छन् । हामीले पनि घटाएको अवस्था पक्कै छ । यो वर्षमा १ पटक घटाउने परम्परा नै छ । हामी कर्जाको व्याजदर पनि जेठबाट घटाउने सोचमा छौं । तरलता बढेपछि डिपोजिट ब्याजदर घटाउने सिस्टम नै हो । यसले कर्जाका ऋणीलाई राहत हुनेछ । यो विशम मौका छोपेर घटाएको भन्नु उचित नहोला ।
० नेपालको पहिलो विदेशी मुद्रामा कर्जा नेपाल भित्र्याएको र दर्जनौ विकास बैंक मर्जर पछि बनेको ठूलो सञ्जाल र ग्राहक भएको एनएमबी बैंकले यो विषम र अप्ठ्यारो अवस्थामा कस्तो सेवा प्रदान गरेको छ ?
हामीले पनि अरु बैंकहरुले जस्तै हाम्ीले पनि सेवा दिएका छौं । बैंक वित्तिय क्षेत्र अत्यावश्यक सेवा भित्र पर्ने भएकाले सेवा दिनु हाम्रो दायित्व हो । त्यो दायित्व हामी बैकरले यो विषश परिस्थितिमा पनि पूरा गरेका छौं । यो बेला हाम्रा १६४ शाखा मध्ये २५/३० वटा शाखाबाट सेवा दिएका छौं । स्थानीय तहमा शाखा प्रमुखहरुलाई सम्पर्क गरि ग्राहकले सेवा लिनु भएको छ । अर्को फरक कुरा के चाहि छ भने एनएमबी बैकले यो अवस्थामा बचतकर्तालाई औषधी मुलो, खाद्यान्न र अन्य उपभोग्य सामान खरिद गर्न हामीले घरमै पैसा पु¥याई दिएका छौं । यसले ग्राहकको विश्वास अझै बढेको छ ।
० यो कोरोना भाईरसको महामारीको बेला देश लकडाउनमा छ । सबै घरमै बसेका छन् । तर, तपाईको बैंक पुगी काम गर्ने कर्मचारीहरुका लागि कस्तो स्वास्थ्यको व्यवस्था मिलाउनु भएको छ ?
हामी कर्मचारी साथीहरुका लागि सधै सचेत र सहज रहने बैंक भित्र पर्ने बैंक भएकाले हामी अझै सचेत छौं । कर्मचारी हाम्रा सम्पत्ती हुन उनीहरुको स्वास्थ्य सबैभन्दा महत्वपूर्ण कुरा हो । त्यसकारण रोगथाम गर्ने सबै उपकरण दिएका छौं । कम कर्मचारीले काम गर्नु भएको छ । त्यो पनि छोटो समयका लागि खासै कारोबार त छैन तर, आत्यावश्यक औषधी त्यसका उपकरण खाद्यान्नको सामान ल्याउनेहरुका लागि बैंक ग्यारेन्टी र एलसीका कारोबार भएका छन् ।
० यस्तो बेलामा काम गर्ने कर्मचारीहरुको लागि बीमा र भत्ता पनि दिनुपर्ने होला नि ?
बीमा अनिवार्य पहिला नै कर्मचारी साथीहरुको गरिएको छ । यो बेला सबैले आ–आफ्नो ठाउँबाट सेवा दिनुपर्दछ । योगदान दिनु पर्दछ । त्यो कर्मचारी साथीहरुबाट भएका ेछ । हामी यसको मुल्याकन गर्ने पक्षमा नै छौं ।
० यो अप्ठ्यारो अवस्थामा बचतकर्तालाई कसरी हेर्नु भएको छ ?
बैंकका सबै भन्दा बलिया सूचक भित्र बचतकर्ताहरु पर्ने भएकाले उहाँहरुले भनेको ठाउँमा गएर नगद पु¥याउने काम समेत गरेका छौं । ८५ प्रतिशत कर्मचारी साथीहरुले घरबाटै ग्राहकहरुलाई टेलिफोन सम्वादबाटै रकम दिने काम गरेको छ नि ।
० एनएमबी बैंकले राज्यले कोरोना बिरुद्ध स्थापना गरेको राष्ट्रिय कोषमा के कस्तो योगदान पु¥याएको छ सीइओ साब ?
हामीले अरु बैंक भन्दा फरक रुपमा योगदान दिएका छौं । हामीले ७ वटै प्रदेशमा १०० पीस पिपिई चिकित्सकका लागि पठाएका छौं । अर्को कुरा राष्ट्रिय कोषमा १ करोड ५० लाख रुपैया दिएका छौं ।
पैसा भन्दा पनि स्वास्थ्यका सामाग्री अहिले ठूलो कुरा बनेको अवस्था छ । अर्को कुरा हाम्रा केही प्रोडक्टबाट सामान खरिद गरेको १५ प्रतिशत समेत राष्ट्रिय कोषमा दिने निर्णय भएको छ । विपत परेका बेला राज्यसंग सधै बैंक र बैंकर रहँदै आएका छन् । हिजो भूकम्पका बेला पनि राज्यसंगै हातेमालो गर्दै हामी हिडेको इतिहास नै छ नि ।
० पहिलो चरणमा बैंकका ग्राहकलाई राज्यले ल्याएको राहतको कार्यक्रमलाई कसरी लिनु भएको छ त ?
सकारात्मक नै छन् । तर, यतिले चाही पुग्दैन होला । यो पहिलो चरणको होला । यसले तरलता बढ्ने देखिन्छ । अर्को कुरा के छ भने यो पहिलो चरणको राहत हो । अन्तिम चाही पक्कै होइन होला । समस्या आउँदै छ । केन्द्रीय बैंकहले सल्टाउन सक्दैन । राज्य नै अगाडी बढेर आउनु प¥यो ।
अहिले विश्वका शक्तिशाली र सम्पन्न राष्ट्रहरुले राज्यको जमानीमा कर्जा दिएको अवस्था पनि छ । नेपालमा हामी लकडाउनको शुरुवाती अवस्थामै छौं । यो कति लम्बिीने हो यसमा पनि भरपर्दो कुरा पर्दछ नि ।
० हामी नेपालीले नाकाबन्दी, भुकम्प, समाजका परिवर्तनका कुरा देख्यौ र भोग्यो । तर, आज सुन्दै नसुनेको लकडाउन भोगिरहेको अवस्था छ । यसबाट कस्तो पाठ सिक्नु पर्ला ?
अत्यन्तै सान्दर्भिक प्रश्न सोध्नु भयो । अहिले संसारले अप्ठ्यारोमा छ । अति राम्रा मुलुकहरुले त यो अदृश्य रोगलाई थेग्न हम्मे÷हम्मे परेको देखिन्छ । यसलाई रोगथाम गर्ने उपायहरुको चाडो खोजी गरिनु प¥यो । स्वास्थ्यकमीहरु जो डाक्टर, नर्स र अस्पतालका कर्मचारी हुन् । उहाँहरुको स्वास्थ्यबारे राज्यले सचेत र चनाखो बन्नै पर्दछ । यो विश्वभरी डरलाग्दो अवस्थामा छ । हामीले स्वास्थ्यका पूर्वाधार अब निर्माण गर्ने बेला पक्कै आयो जस्तो लागेको छ ।
अर्को कुरा उद्योगधन्दा, व्यापार व्यवसाय सबै ठप्प छ । यी सबैका लागि नयाँ पोलिसी ल्याउनु पर्दछ । नत्र बैंक तग्रिन धेरै समय लाग्ने देखिन्छ । अर्थतन्त्रको महत्वपूर्ण अंग बैंक र वित्तिय क्षेत्र हुन् यो भुल्नु पटक्कै हुँदैन ।
० बैंक र वित्तिय क्षेत्रहरुको चैत्र महिनामै वित्तिय विवरण आउने होला । लकडाउनले यसमा कस्तो असर होला ?
काम भएकै छैन । कर्जा दिने र उठाउने अवस्था छैन । देश पूर्ण लकडाउन छ । चैत्रको व्याज असारमा दिने कुरा छ । १० प्रतिशत छुटको कुरा छन् । नाफा घट्ने र शेयरधनीहरुले कम प्रतिफल पाउने त निश्चित नै छ तर, विपत परेका बेला नाफा होइन । मानव जीवनकोकुरा गरिनु पर्दछ । मानव रहे बैंक रहने होला । बैंक रहे नाफा घाटाका कुरा हुने होला भूपेन्द्रजी । त्यसकारण आत्तितु पर्ने डराउनु पर्ने हत्तोतसाइत हुने बेला अहिले पक्कै होइन ।
० कोरोना भाईरसले विश्व अर्थतन्त्रलाई ठूलो क्षती पु¥याएको देखिन्छ । नेपालको अर्थतन्त्रसंगै बैकिङ्ग प्रणालीमा यसको असर अनुमान गर्न कति सजिलो होला ?
नेपालको अर्थतन्त्रको मुख्य मुटु बैकिङ्ग प्रणाली नै हो । रेमिटेन्स घटेको छ । रोग फैलिएको देखिएको अवस्था पनि छ । देश पूर्ण लकडाउनमै छ । हरेक क्षेत्रमा होटल रेष्टुराँदेखि विमान कम्पनीसम्म असर पारेको कारणले अर्थतन्त्रमा ठूलो घाटा भइरहेको छ । यसको क्षति अब बैकिङ्ग प्रणालीमा देखिने प्रस्टै छ । मानवीय संकटसँगै कसरी रिकभरी हुन्छ भन्ने कसैले अनुमान गरेको अवस्था छैन । यो सन् १९३० मा आएको विश्वव्यापी अर्थतन्त्रमा परको असर जस्तै भएको अहिले देखिएको मैले अनुभव गरेको छु ।
नेपालमा जम्मा ९ जम्मा यो रोग लागेको पुष्टि भएको छ । जसमध्ये १ जना निको भईसकेको अवस्था छ भने बाँकीको अहिले उपचार भईरहेको छ । आशा र प्रार्थना गरौं कि यो अवस्था यहाँभन्दा खराब नहोस् । राम्रो होस र घर जानु पाउनुहोस् ।
हिजो नाकाबन्दी र भुकम्पमा पनि तग्रिएकै हो नि । नेपालको अर्थतन्त्र सानो छ । साखै असर नपर्ला परेपनि उठन हामी पक्कै सक्ने छौं । विश्व रोएको छ । विदेशी सहयोग आएको छैन । सचेत पक्कै बन्नुपर्दछ । तर हिम्मत कहिले हार्नु हुँदैन ।
० यो मौकामा मैले तपाईसंग सोध्नै पर्दछ । मलाई भनिदिनुहोस् नेपाल राष्ट्र बैंकले नयाँ गर्भनर पाएको छ । उहाँसंग तपाईहरु कति आशावादी रहनु भएको छ ?
राष्ट्र बैंकले चाहे जस्तै नेतृत्व पाएको छ । अर्थतन्त्र बुझेका मान्छे गर्भनर भएका छन् । त्यसकारण अनुभवी क्षमतावान र कुसल प्रशासक उहाँ हो भन्ने हाम्रो बुझाई छ । अर्को कुरा बैकिङ्ग क्षेत्रलाई ३० वर्ष नेपाल राष्ट्र बैंक भित्रै बसेर बुझेको अनुहार हामीले गर्भनर पाएका छौं । हामी सकारात्मक छौं । बैंकिङ्ग प्रणाली खुसी पनि छ । उहाँले ल्याउने मौद्रिक नीति राम्रा आउलान् ।
० अन्त्यमा लाखौं ग्राहक, प्रोमोटर, शेयरधनी र नेपाली जनतालाई केही भन्नु छ ?
यो अप्ठ्यारो समय हो । यो चाडो अन्त्य हुने विश्वास हामी सबैले गर्ने पर्दछ । सकारात्मक सोचौं । घरबाटै काम गरौ विश्व स्वास्थ्य संगठन र सरकारले दिएका निर्देशन पूर्ण रुपमा पालना गरौं । आफू बचौं, परिवार र जनता र देश बचाऔं ।