• होमपेज
  • कोरोना अपडेट
  • कोरोनाको गलत समाचार दिने ५ वटा अनलाईन बन्द

कोरोनाको गलत समाचार दिने ५ वटा अनलाईन बन्द

  • बिहिबार, चैत्र १३, २०७६
कोरोनाको गलत समाचार दिने ५ वटा अनलाईन बन्द

प्रेस काउन्सिलले आमसञ्चारमाध्यमको अनुगमनलाई तीव्र बनाएको जानकारी दिएको छ । कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवनलाई सन्त्रस्त बनाउने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन कडाइ गरिएको बताएको हो ।

अनुगमनको क्रममा २०७६ चैत्र १० गते विभिन्न २१ वटा अनलाइनलाई पत्राचार गरी २४ घण्टे स्पष्टिकरण सोध्ने, सचेत गराउने र १६ वटाको त्यस्ता सामाग्री सम्प्रेषण नहुने व्यवस्था मिलाउने काम भएको छ भने २०७६ चैत ११ गते १ वटासँग स्पष्टिकरण मागिएको कान्सिलले जानकारी दिएको छ ।

त्यस्तै सूचीकरण तथा दर्ता नभएका ५ वेबसाइट नेपालमा नखुल्ने गरी प्रबन्ध मिलाइएको बताएको छ । कोरोना संक्रमण रोकथामको लागि देशभर आवतजावत बन्द गरी आमजनता घरभित्रै बसिरहेको अवस्थामा पनि काउन्सिलले दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने व्यवस्था मिलाइएको प्रेस विज्ञप्ती मार्फत जानकारी दिएको छ ।

यस्तो संवेदनशील घडीमा सम्पूर्ण सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक र पुष्टि हुने समाचार समाग्री मात्र सम्प्रेषण गर्न आग्रह प्रेस काउन्सिलले गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि