• होमपेज
  • बैंकिङ्ग
  • सिभल बैंकको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा

सिभल बैंकको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा

  • आइतवार, चैत्र ९, २०७६
सिभल बैंकको नयाँ शाखा काठमाडौंको अत्तरखेलमा

सिभल बैंकले आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको छ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाडौंको अत्तरखेलमा आफ्नो शाखा सञ्चालनमा ल्याएको हो ।

गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसे तथा सिभिल बैंकका संचालक समितिका सदस्य भिमानन्द ढुङ्गानाले उक्त शाखाको उद्धघाटन गरेका हुन् ।

नेपाल सरकारद्वारा कोरोना रोगबाट बच्नका लागि जारी गरिएको सुचनालाई पालन गर्दै पूर्व निर्धारित उद्घाटन समारोहलाई स्थगित गरी अनौपचारीक रुपमै अत्तरखेल शाखाको उद्घाटन गरिएको हो ।

शाखा उद्धघाटनको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ओख्रेनी माध्यमिक विद्यालय, सुन्दरीजल, काठमाण्डौलाई विद्यालयको ई–लाईव्रेरीको लागि १ थान कम्प्युटर तथा श्री रामजानकी आधारभुत विद्यालय, नयॉपाटी, काठमाडौंको विद्यार्थीहरुका लागि ५० थान स्कूल ब्याग हस्तान्तरण गरिएको छ ।

बैंकले हालसम्म ४ लाख ३० हजारभन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्ब रुपियाँभन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ ।

त्यस्तै बैंकको ११३ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएका बैंकले जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार