• होमपेज
  • कर्पोरेट
  • साग्रिला बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम

साग्रिला बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम

  • शुक्रबार, फाल्गुन २३, २०७६
साग्रिला बैंकको कोरोना फाइरस सम्बन्धी सचेतना कार्यक्रम

साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाले जनजागरण मा.वि.गल्छी ४ धादिङ्गको प्राङ्गणमा कक्षा १ देखि १२ सम्म अध्ययनरत बिधार्थी भाइबहिनीहरु र त्यसै बिधालयका अभिभावकहरुलाइ समेत राखि गल्छी स्वास्थ्य चौकीको प्राविधीक सहयोगमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा सहजीकरण गरेका साग्रिला डेभलपमेन्ट बैंक लि.गल्छी शाखाको प्रमुख गौरब काफ्ले ले कोरोना भाइरस बाट आफु पनि बचौ र अरुलाई नी बचाऔ भन्दै जसका लागि सरसफाई मा बिशेष ध्यान दिने,मास्क लगाउने,हातलाई सावुन पानीले धुने,हात नमिलाउनेर्, भिडभाडमा नजाने,नियमीत शारिरीक ब्याम गर्ने,मधपान मासहारीको प्रयोग नगरि भिटामीन सी पाउने अमला,कागती खाने,प्रत्येक आधि घन्टाको अन्तरमा पानि पिउने,बिहान बेलुका घीउको सेवन गर्ने रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौका मा जानुपर्ने बताए ।
स्वास्थ्यकर्मी रेखा अधिकारी र रन्जना रिमाल ले कोरेना भाइरसको सङक्रमणबाट बच्ने उपायहरु बताउदै घरमा आफनो परिवार छरमिेकीलाई समेत सिकेका कुराहरु जानकारी दिन र सामाजिक सन्जालको पछि परेर सबै त्यसैको भरमा नलाग्न अनुरोध गरे साथै सामाजिक सन्जालमा त्रास फैलाउने काम नगर्न समेत अनुरोध गरे र गर्ने त्यस्तालाई सरकारले कडा भन्दा कडा कारबाही गर्न समेत अनुरोध गरे ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी गल्छी गा.पा.वडा न.४ का बडा अध्यक्ष एवम विधालय ब्यवस्थापन समितीका अध्यक्ष समेत रहेका राजु अधिकारीले साग्रिला डेभलपमेन्ट बैकको शाखा गल्छी ले बिश्वब्यापी रुपमा फैलिरहेको यो कोरेना भाइरसबाट बच्ने उपायहरुको बारेमा सचेतना कार्यक्रम राखेकोमा धन्यवाद दिदै उनले अझै ग्रामिण समुदायमा समेत गएर यस खालको सचेतना कार्यक्रम गर्न अनुरोध गरे साथै अधिकारीले साग्रिला बैकले सामाजिक उतरदायित्व अन्र्तगत रहेर विभीन्न कामहरु र सेवा गरेको कुरा बिदीतै छ, र गल्छी शाखाले मात्रै नभइ देशैभरिको शाखा कार्यालयहरुले समेत सामाजिक उतरदायित्वका कार्य गरेको कुराको उदाहरणीय रहेको छ र यस बैकले नाफालाई केन्द्र नमानी सेवाभावले काम गरेको छ यस बैकको प्रगतिको समेत शुभकामना दिन चाहन्छु भने । र कोरोना फाइरसबाट त्रसित नभई यसबाट बच्ने बिधीहरु अवलम्बन गरौ र गराउ भनि अनुरोध समेत गरे ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा