• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंकले पनि बचतको ब्याज एक प्रतिशत विन्दुले झार्‍यो

प्रभु बैंकले पनि बचतको ब्याज एक प्रतिशत विन्दुले झार्‍यो

  • बुधबार, फाल्गुन २१, २०७६
प्रभु बैंकले पनि बचतको ब्याज एक प्रतिशत विन्दुले झार्‍यो

बचतको ब्याजदर घटाउने बैंकको संख्या बढ्न थालेको छ। बुधबार प्रभु बैंकले बचतको ब्याज दर एक प्रतिशत विन्दुले घटाएको छ।

बैंकले बचतमा अधिकतम साढे ५ प्रतिशत ब्याज दिने भएको छ। यसअघिको अधिकतम ब्याज साढे ६ प्रतिशत थियो। अब बैंकले कल डिपोजिटमा साढे ३ प्रतिशत मात्र ब्याज दिने छ। विदेशी मुद्राको निक्षेपको ब्याज भने यथावत राखेको छ। बैंकले यस्तो निक्षेपमा एकदेखि २ प्रतिशत ब्याज दिने छ।

बचतको ब्याज घट्दा संस्थागत निक्षेपकर्ताले पाउने कल डिपोजिटको ब्याज पनि कम हुन्छ। यसले गर्दा बैंकहरुको आधार दर घटेर ऋणको ब्याज पनि सस्तो हुन जान्छ।

यसअघि स्ट्यान्डर्ड चार्टर्ड बैंकले बचतको ब्याज घटाएर पाँच प्रतिशतमा झारेको थियो। नबिल, नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकले ब्याज घटाइसकेका छन्।

नेपाल एसबीआइ बैंकले ५ प्रतिशतमा झारेको छ। नबिलले ५.७५ प्रतिशतबाट ५.२५ प्रतिशतमा झारेको छ। एभरेष्ट बैंकले पनि साढे ५ प्रतिशतमा बचतको ब्याज झारेको छ। सनराइज बैंकले पनि ब्याज ६ प्रतिशतमा झारेको छ।

ब्याज घटाउने बारे बैंकर्स संघका औपचारिक कुराकानी भने भएको छैन। तर बैंकरबीच अनौपचारिक कुराकानीमा मुद्दतिको नसके पनि बचतको ब्याज घटाउनुपर्ने छलफल सुरू भएको छ।

अहिले नेपाल इन्भेष्टमेन्ट बैंकले बचतको ब्याज साढे पाँच प्रतिशतमा झारेको छ। हिमलयन र चार्टर्डले ५ प्रतिशतमा झारिसकेका छन्।

कुल निक्षेपमा बचत खाताको हिस्सा ३१.९ प्रतिशत छ। तीन वर्षअघि ४३ प्रतिशत बचतको हिस्सा थियो। बैंकहरुले ब्याज बढाउन थालेपछि बचतको पैसा मुद्दति खातामा सर्न थालेको हो। यसले गर्दा साढे ३० प्रतिशत हिस्सा रहेको मुद्दतिको अहिले ४९ प्रतिशत पुगिसकेको छ। बैंकहरूले मुद्दतिमा ९.७५ प्रतिशतसम्म ब्याज दिन्छन्

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि