• होमपेज
  • कर्पोरेट
  • मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

  • आइतवार, माघ २६, २०७६
मेगा बैंकको सिइओलाई ‘उत्कृष्ट महिला व्यवस्थापक अवार्ड’

मेगा बैंक नेपाल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यबस्थापक अवाडर्’बाट सम्मानित हुनु भएको छ ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले साधारण सभाको अवसर पारेर सिइओ खुञ्जेलीलाई यो सम्मान प्रदान गरेको हो । शुक्रबार विशेष समारोहका बीच उपराष्ट्रपति नन्दकिशोर पुनले सिइओ खुञ्जेलीलाई अवार्ड प्रदान गर्नुृभयो । ‘क’ वर्गको वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर हुनुहुन्छ ।

उत्कृष्ट महिला व्यबस्थापक अवार्डबाट सम्मानित भएपछि खुसी व्यक्त गर्दै सिइओ खुञ्जेलीले सम्पूर्ण सरोकारवालाहरुलाई धन्यवाद एवं आभार व्यक्त गर्नुभएको छ । यो अवार्डलाई आफूले मेगा बैंक सञ्चालक समिति, संस्थापक, सर्वसाधारण शेयरधनी, ग्राहकवर्गहरु, कर्मचारी एवं समस्त सरोकारवालाहरुको विश्वासको रुपमा लिएको उहाँले बताउनुभयो ।

खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत हुनुहुन्छ । ९ वर्षअघि मेगा बैंकमा नायब महाप्रबन्धकबाट सेवा प्रवेश गर्नुभएकी खुञ्जेलीले २०७५ बैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नुभएको थियो । उहाँको नेतृत्वमा यो अवधिमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएको छ भने यो बर्ष बैंक अफ दि एयर जस्तो प्रतिष्ठित सम्मान समेत प्राप्त गरेको छ । सन् १९९१ मा तत्कालिन ग्रिनलेज बैंक अर्थात अहिलेको स्ट्यान्डर्ड चार्टड बैंकबाट करिअर सुरु गर्नुभएकी खुञ्जेलीसँग २८ वर्षको बैंकिङ करिअरको अनुभव छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि