• होमपेज
  • कर्पोरेट
  • प्रभु बैंकका ३ वटा शाखा कार्यालय संचालन

प्रभु बैंकका ३ वटा शाखा कार्यालय संचालन

  • शुक्रबार, माघ २४, २०७६
प्रभु बैंकका ३ वटा शाखा कार्यालय संचालन

प्रभु बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. २, १३ र २६ मा एकैपटक ३ वटा शाखा कार्यालय संचालनमा ल्याएको छ ।

बुधबार पोखरा महानगरपालिकाको वडा नं. २ स्थित हरिचोक शाखा कार्यालयको उद्धघाटन बैंकका गण्डकी प्रदेश प्रमुख व्यवसाय अधिकृत शान्ती शेरचनले गरे ।

पोखरा महानगरपालिकाको वडा नं. १३ स्थित बाँझापाटन शाखा कार्यालयको पोखरा महानगरपालिका साेही वडाका वडाध्यक्ष लेख बहादुर तामाङले गरे ।

त्यसैगरी, पोखरा महानगरपालिका वडा नं. २६ स्थित अर्घौंचोक शाखा कार्यालयको लेखनाथ उद्योग वाणिज्य संघ पोखराका अध्यक्ष बलराम ढकालले गरे ।

ती बैंकका शाखा कार्यालयहरु उद्धघाटन कार्यक्रममा विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय समाजसेवी, व्यापारीलगायतको उपस्थिति रहेको थियो ।

उक्त थप ३ वटा शाखा कार्यालयहरुपछि प्रभु बैंकको शाखा कार्यालय संख्या २०८ पुगेको छ। हालसम्म बैंकले १५७ वटा एटिएम, ४३ वटा एक्स्टेन्सन काउन्टरहरुको संजाल सहित देशका विभिन्न १७ स्थानमा शाखारहित बैंकिङ सेवा संचालन ल्याएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
नबिल बैंकले ३ अर्बको ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल एसविआई मर्चेण्ट नियुक्त
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण

चर्चामा