• होमपेज
  • कर्पोरेट
  • राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना

राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना

  • आइतवार, पुस २०, २०७६
राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालय स्थापना

वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।

वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित कार्यालयको शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्दै वाणिज्य बैंकलाई निजी बैंकभन्दा छिटोछरितो र विश्वसनीय सेवा दिनुपर्ने चुनौती रहेको बताए । साथै उनले कर्णालीवासीको आम्दानीको अवस्थालाई मध्यनजर गरेर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आग्रह गरे ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयबाट रु एक करोड २५ लाखको ऋण स्वीकृत तथा रु दुई करोड ५० लाखसम्मको कर्जाको नवीकरण गर्न सकिने जानकारी दिए । मुलुकभर बैंकका झण्डै ३० लाख निक्षेपकर्ता, ग्राहक कर्जा रु दुई लाख र शाखा २२८ छन् । त्यस्तै, एटिएम शाखा २०५, शाखारहित बैंकिङ ९५, एटिएम ग्राहक चार लाख ५० हजार र मोबाइल बैंकिङका १० लाख ग्राहक छन् ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा