• होमपेज
  • कर्पोरेट
  • जोरपाटीमा गरिमा विकास बैंकको शाखा खुल्यो

जोरपाटीमा गरिमा विकास बैंकको शाखा खुल्यो

  • आइतवार, पुस १३, २०७६
जोरपाटीमा गरिमा विकास बैंकको शाखा खुल्यो

गरिमा विकास बैंकले गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा शाखा कार्यालयको औपचारिक उदघाटन गरी कारोबार शुरु गरेको छ ।

उक्त शाखा कार्यालयको उद्घाटन गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख सन्तोष चालिसेले गरेका छन् । कार्यक्रम विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले सम्पूर्ण आधुनिक बैंकिङ्ग सुविधा सहित शाखा कार्यालय सञ्चालनमा ल्याएको जोरपाटी शाखा कार्यालयले त्यस क्षेत्रको औद्योगिक तथा व्यवसायिक विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

गरिमा विकास बैंकले काठमाण्डौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ५१ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार