• होमपेज
  • समाचार
  • नाडाको अध्यक्षमा दुलाल

नाडाको अध्यक्षमा दुलाल

  • आइतवार, मंसिर २९, २०७६
नाडाको अध्यक्षमा दुलाल

अटोमोबाइल्स एसोसिएशन अफ नेपाल(नाडा)को अध्यक्षमा कृष्ण दुलाल सर्वसम्मतले चयन भएका छन् ।  अटोमोबाइल व्यवसायीहरुको छाता संगठन नाडाका वर्तमान उपाध्यक्ष कृष्णप्रसाद दुलाल अध्यक्षमा निर्विरोध चयन भएका हुन् ।

अध्यक्षका अर्का दावेदार प्रकाश कपुरीले मनोनयन दर्ता नगरेपछि दुलाललाई नै सबैले सर्वसम्मत अध्यक्ष पदमा चयन गरेका हुन । नयाँ कार्यसमितिका लागि आइतबारलाई मनोनयन दर्ताको समय तोकिएको थियो । नाडाको विधानअनुसार १ जना अध्यक्ष र साधारण सदस्यबाट १४ तथा संस्थागत मध्येबाट ४ जना गरी १९ जनाको कार्यसमिति रहने व्यवस्था छ । संस्थाका पदाधिकारीहरु सबै नै सर्वसम्मतले चयन भएको नव नियुक्त अध्यक्ष दुलालले आर्थिक न्यजलाई जानकारी दिए ।

अध्यक्षको चयन आतइतबार भएपनि यसको औपचारिक घोषणा भने नाडाको साधारणसभा पुस ४ गते हुनेछ । संगठनमा अध्यक्ष र कार्यसमिति सदस्यहरुका लागि निर्वाचन हुन्छ । नव निर्वाचित अध्यक्ष दुलालले अटोमोबाइल क्षेत्रलाई स्थापित व्यवसायका बनाउन आफ्नो पहल हुने बताए । उनले भने, ‘नेपालमा अटोमोबाइल क्षेत्रमा रहेका समस्यालाई समाधान गर्नमा मेरो नेतृत्वको कार्यसमिति लाग्ने छ ।’

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा