• होमपेज
  • विकास बैंक
  • मुक्तिनाथ विकास बैंकको उपलब्धी बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकको उपलब्धी बचत खाता सञ्चालनमा

  • बुधबार, मंसिर ११, २०७६
मुक्तिनाथ विकास बैंकको उपलब्धी बचत खाता सञ्चालनमा

मुक्तिनाथ विकास बैंकले पब्लिक कम्पनी, साझेदारी कम्पनी, प्राइभेट कम्पनी, सरकारी तथा गैर सरकारी संघ÷संस्था, विभिन्न व्यापार÷व्यवसायका छाता संगठनहरु, प्रचलित कानुन बमोजिम दर्ता भई सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संघ/संस्था तथा विषयगत सहकारी संघ÷संस्था लगायत अन्य संघ÷संस्थालाई लक्षित गरी “मुक्तिनाथ संस्थागत उपलब्धी खाता’’ नामक चल्ती खाता र “मुक्तिनाथ व्यक्तिगत उपलब्धी’’ नामक बचत खाता सञ्चालनमा ल्याएको छ ।

मुक्तिनाथ संस्थागत उपलब्धी खाता अन्तर्गत न्युनतम मौन्दात रु १,००० मा कुनै पनि माथि उल्लेखित संघ÷संस्थाले यो खाता खोल्न सक्नेछन् । यस खाता खोलेका संघ÷संस्थाका सञ्चालक समितिका सदस्यहरु, साझेदार, प्रोइपाइटरहरुका लागि ७ लाखकोे दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ । मुक्तिनाथ संस्थागत उपलब्धी चल्ती खातामा बीमा सेवाका अतिरिक्त दैनिक मौज्दातमा आकर्षक ब्याजदर (मासिक ब्याज भुक्तानी ) तथा निः शुल्क इन्टरनेट बैकिङ्ग सुविधा लिन सकिनेछ ।

साथै, मुक्तिनाथ व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत न्युनतम मौन्दात रु १०० मा संस्थाका सम्पुर्ण कर्मचारी तथा व्यक्तिगत सदस्यहरुका लागि रु ७ लाखको दुर्घटना मृत्यू बीमा को सुविधा मुख्य विषेशताका रुपमा प्रदान गरिएको छ ।

यसका साथै, कुनै पनि संघ÷संस्थामा कार्यरत कर्मचारीहरुलाई व्यक्तिगत कर्मचारी कर्जा (वार्षिक औसत तलबको ५० प्रतिशत वा १५ लाख मध्ये जुन कम हुन्छ, सो बराबर हुने गरी विना धितो कर्जा सुविधा प्रदान गरिनेछ । यस व्यक्तिगत उपलब्धी बचत खाता अन्तर्गत दैनिक मौज्दातमा वार्षिक ७ प्रतिशत ब्याज (मासिक ब्याज भुक्तानी ), निः शुल्क अन्तर शाखा कारोबार, निः शुल्क मोबाइल बैकिंङ्ग सुविधा तथा इन्टरनेट बैकिङ्ग सुविधाका साथै निः शुल्क भिसा डेविट कार्ड प्रदान गरिनेछ ।

यस योजना अन्तर्गत मुक्तिनाथ संस्थागत उपलब्धी खाता भएका संघ÷संस्थाका कर्मचारी तथा आवद्ध व्यक्तिगत सदस्यहरुले मात्र व्यक्तिगत उपलब्धी बचत खाता खोल्न सक्नेछन् । बैंकको यो सेवा १३३ वटै शाखाहरुबाट लिन सकिने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि