• होमपेज
  • समाचार
  • रु एक अर्ब ५७ करोड राजश्व सङ्कलन

रु एक अर्ब ५७ करोड राजश्व सङ्कलन

  • आइतवार, मंसिर ८, २०७६
रु एक अर्ब ५७ करोड राजश्व सङ्कलन

आन्तरिक राजश्व कार्यालय कैलालीले चालू आर्थिक वर्षको चार महिनाको अवधिमा रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको छ । कार्यालय दिएको जानकारीअनुसार चालू आवको चार महिनामा अन्तःशुल्कबाट रु ४२ करोड ३३ लाख ५७ हजार सङ्कलन गरेको छ भने मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब १० करोड ३० लाख एक हजार गरेको छ ।

त्यस्तै घरभाडा करअन्तर्गत रु दुई करोड ६८ लाख ८२ हजार, स्वास्थ्य करमा रु दुई करोड पाँच लाख ५७ हजार र शिक्षा सेवाअन्तर्गत रु एक लाख ५० गरी रु एक अर्ब ५७ करोड ३७ लाख ६३ हजार राजश्व सङ्कलन गरेको कार्यालयप्रमुख चन्द्रकुमार श्रेष्ठले बताउनुभयो । चालू आर्थिक वर्षको पहिलो चार महिनाको अवधिमा ३० प्रतिशत राजश्व सङ्कलन भएको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार चालू आवको पहिलो वर्ष चार महिनाको अवधिमा रु एक अर्ब ६१ करोड दुई लाख ९७ हजार राजश्व सङ्कलन लक्ष्य तोकिएको थियो ।

तर, चालू आर्थिक वर्षको पहिलो चार महिनामा तोकिएको लक्ष्य भने भेटाउन नसकिएको उहाँको भनाइ छ । चालू आर्थिक वर्षको चार महिनाको अवधिमा राजश्व सङ्कलन लक्ष्य पूरा नभए पनि आर्थिक वर्षको अन्त्यसम्ममा तोकिएको लक्ष्यअनुरुप नै सङ्कलन हुने श्रेष्ठको जिकिर छ । आन्तरिक राजश्व कार्यालयका अनुसार विगतका वर्षहरूमा अन्तःशुल्क बढी उठ्ने गरेको भए पनि चालू आर्थिक वर्षमा मूल्य अभिवृद्धि कर बढी सङ्कलन भइरहेको छ ।

आन्तरिक राजश्व कार्यालय कैलालीलाई गत आर्थिक वर्षको तुलनामा चालू आव २०७६/७७ मा दोब्बरभन्दा बढी लक्ष्य तोकिएको छ । सो कार्यालयका अनुसार चालू आर्थिक वर्षमा रु पाँच अर्ब १५ करोड राजश्व सङ्कलनको लक्ष्य दिइएको छ । कार्यालयले गत आव २०७५/७६ मा रु दुई अर्ब ४२ करोड राजश्व सङ्कलनको लक्ष्य पाएकामा रु तीन अर्ब ७२ करोड (१५४ प्रतिशत) राजश्व सङ्कलन गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा