• होमपेज
  • विकास
  • ३३ महिनामा चार किलोमिटर सडक कालोपत्र

३३ महिनामा चार किलोमिटर सडक कालोपत्र

  • बिहिबार, मंसिर ५, २०७६
३३ महिनामा चार किलोमिटर सडक कालोपत्र

कञ्चनपुरको दक्षिण क्षेत्र जोड्ने निमार्णाधीन हुलाकी सडकको काम गति सुस्त छ । तीस महिनाभित्र निर्माण सक्ने गरी उक्त ६२ किलोमिटर हुलाकी सडक निर्माण व्यवसायीलाई जिम्मा दिइएपनि हालसम्म डोकेबजार–बेलौरी खण्डमा चार किलोमिटर सडक मात्रै कालोपत्र गरिएको छ ।

“सडक निर्माणको ३३ महिना पूरा भयो”, हुलाकी राजमार्ग योजना कार्यालय कैलालीका इञ्जिनीयर पदमबहादुर मडैले रासससित भन्नुभयो, “अहिले तीनवटै प्याकेजमा करीब ६० प्रतिशत काम सकिएको छ ।” तीन वटा प्याकेजमा ठेक्का गरिएको सडकको पहिलो र दोस्रो खण्डको समयावधि गत भदौमा सकिएपछि आठ महिना म्याद थपिएको उहाँले बताउनुभयो ।

डोकेबजारदेखि बलौरीसम्मको २० किलोमिटर र बेल्डाँडीदेखि दैजीसम्मको २२ किलोमिटर हुलाकी सडक निर्माणको जिम्मा शर्मा–राजेन्द्र जेभीले पाएको थियो । “यी दुई प्याकेजमा ६० प्रतिशत काम सकिएको छ”, इञ्जिनीयर मडैले भन्नुभयो, “अन्तिम प्याकेज (बेल्डाँडीदेखि दैजीसम्म) को भाग शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्ने भएकाले रुख कटान प्रक्रिया नै एक वर्षपछि थालिएको थियो ।”

त्यसैगरी बीचमा पर्ने बेलौरीदेखि बेल्डाँडीसम्मको २० किलोमिटर निर्माणको जिम्मा बाबा–हंश सिद्धीसाई जेभीले पाएको भएपनि निर्माण भने अहिलेसम्म ५५ प्रतिशत मात्रै हुन सकेको छ ।“पहिलो प्याकेजमा चार किलोमिटर सडक बनेर छेउछाउमा नालीलगायतका अन्य संरचना बन्दैछन्”, मडैले भन्नुभयो, “काम द्रुत गतिमा भएकाले पहिलो र अन्तिम प्याकेज आगामी चैतमा सम्पन्न हुनेमा आशावादी छौँ ।”

रु एक अर्ब नौ करोडभन्दा बढी लागतको उक्त आयोजना समयमा सम्पन्न नहुँदा दक्षिण क्षेत्रका नागरिकले भने सास्ती खेप्नुपरेको छ । “वर्षात्मा हिलो र हिउँदमा सडकको धुलोले आजित भयौँ”, पुनर्वासका स्थानीय रामसाहेद रानाले भन्नुभयो, “जनप्रतिनिधिले पनि सडक निर्माण समयमा सक्न आग्रह गर्दा पनि काम सम्पन्न हुन सकेको छैन ।”

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि