• होमपेज
  • विकास बैंक
  • गरिमा विकास बैंकले लाभांश प्रस्ताव गर्यो

गरिमा विकास बैंकले लाभांश प्रस्ताव गर्यो

  • शुक्रबार, कार्तिक १५, २०७६
गरिमा विकास बैंकले लाभांश प्रस्ताव गर्यो

गरिमा विकास बैंकले गत आवको नाफाबाट शेयरधनीलाई १७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । १६ दशमलव १५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ८५ प्रतिशत नगद लाभांश(कर प्रयोजनको लागि) वितरण गर्ने प्रस्ताव गरेको हो ।

यो प्रस्ताव नेपाल राष्ट्रबैंकबाट स्वीकृती पाएपछि र बैंकको आगामी साधारण सभाबाट पारीत भएपछि शेयरधनीले पाउनेछन् । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितीको बैठकले उक्त लाभांश वितरण गर्ने  प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।  १६ दशमलव १५ प्रतिशत बोनस शेयर वितरण पछि पूँजी ३ अर्ब २३ करोड रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार