• होमपेज
  • समाचार
  • भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

  • आइतवार, अशोज २६, २०७६
भिक्ट्री लाउन्जबारमा लागेको आगो निभाइयो

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापनको टोलीको ठूलो प्रयासमा दरबारमार्गस्थित भिक्ट्री लाउन्जबारमा आज साँझ लागेको आगो निभाइएको छ ।

विद्युत् सर्ट भई साँझ करीब ६ः१५ बजे शुरु भएको आगो दमकलको सहयोगमा सुरक्षाकर्मीले राति ८ः३० बजे निभाउन सफल भएका थिए । आगो निभाउन काठमाडौँ उपत्यकाका ११ दमकल प्रयोग गरिएको महानगरीय प्रहरी परिसर टेकुका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले जानकारी दिनुभयो ।

आगलागी भएको भवनको छैटौँ तल्लामा उक्त लाउन्जबार सञ्चालनमा थियो । लाउन्जमा आगोको ज्वाला उठेपछि दरबारमार्ग क्षेत्रमा सन्त्रास छाएको थियो । अग्नि नियन्त्रण र सुरक्षाकर्मीको प्रभावकारी प्रयासले आगो फैलिन नपाएका कारण ठूलो जनधनको क्षति हुनबाट जोगिएको वरिष्ठ उपरीक्षक सुवेदीले बताउनुभयो ।

आगो निभाउन पानी ओसार्न उपत्यकाका ठूलो स¬ङ्ख्यामा खानेपानीका टयाङ्करको प्रयोग गरिएको थियो । आगो निभाउने क्रममा एक अग्नि नियन्त्रकसमेत घाइते भएको प्रहरीले जनाएको छ । आगलागीबाट के–कति क्षति भयो भन्नेबारे विस्तृत विवरण आउन बाँकी छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा