• होमपेज
  • अर्थ/वाणिज्य
  • पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

  • शनिबार, माघ ४, २०८२
पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ घट्यो

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोलको मूल्य ३ रुपैयाँले घटाएको छ।आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको हो।

यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ। निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर १५६ रुपैयाँ र डिजेल र मट्टितेल प्रतिलिटर १३६ रुपैयाँ कायम भएको छ।

इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो।

Facebook Comments

सम्बन्धित समाचार