• होमपेज
  • बीमा
  • सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न

सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न

  • शुक्रबार, माघ ३, २०८२
सूर्यज्योति लाइफको साधारणसभा सम्पन्न

सूर्यज्योति लाइफ इन्सोरेन्सको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभामा सञ्चालक समितिका अध्यक्ष, कम्पनीका सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत (सीईओ),नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ), व्यवस्थापनका पदाधिकारी, सेयरधनीहरू तथा अन्य अतिथिहरूको उपस्थिति रहेको थियो ।

सभाले कम्पनीको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बद्ध अनुसूचीहरू छलफल गरी सर्वसम्मतिले पारित गरेको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८१/८२ को लागि प्रस्तावित १३ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) पारित गरेको छ । साथै कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आर्थिक वर्ष २०८१/८२ मा भएका खर्चहरूलाई अनुमोदन गरेको छ ।

कम्पनीका अध्यक्ष भट्टराईले साधारणसभालाई सम्बोधन गर्दै कम्पनीको आर्थिक प्रगति, दीर्घकालीन योजनाहरू र नवीनतम सेवा लगायत डिजिटल रूपान्तरणमा ध्यान केन्द्रित गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले कम्पनीको निरन्तर प्रगतिको श्रेय सेयरधनीहरूको विश्वास, ग्राहकहरूको साथ, अभिकर्ताहरूको मेहनत र कर्मचारीहरूको लगन भएको बताए ।

सभामा सेयरधनीहरूले कम्पनी प्रतिको आफ्नो विश्वास र आगामी दिनका लागि अपेक्षाहरू राखेका थिए । सभामा प्रस्तुत भएका सबै प्रस्तावहरू सर्वसम्मतिबाट पारित गरिएका छन् ।

नेपालकै पहिलो ९००१(२०१५ आईएसओ प्रमाणित सूर्यज्योति लाइफको हाल चुक्ता पुँजी ५०१ करोड, जीवन बीमाकोष ४ हजार ३८३ करोड, लगानी ४ हजार ८४५ करोड र नेटवर्थ ६७४ करोड रहेको छ ।

कम्पनीले १ लाख ६ हजार अभिकर्ता, ३५ लाख ८७ हजार बीमालेख संख्या र देशैभरि रहेका १७६ शाखा सञ्जालमार्फत आफ्ना बिमितहरुलाई कम्पनीले सेवा प्रदान गरिरहेको छ ।

साथै कम्पनीले नेपालकै सर्वाधिक ३५ घातक रोगहरूविरुद्ध ५० लाख रुपैयाँसम्मको आर्थिक सुरक्षा प्रदान गरिरहेको छ।

Facebook Comments

सम्बन्धित समाचार