• होमपेज
  • बैंकिङ्ग
  • कुमारी बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

  • बुधबार, माघ १, २०८२
कुमारी बैंकको पच्चीसौं वार्षिक साधारण सभा सम्पन्न

कुमारी बैंक लिमिटेडको पच्चीसौं वार्षिक साधारण सभा पुस महिना ३० गते बुधबारका दिन काठमाण्डौंको थिरबम सडक, टंगाल स्थीत आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको छ ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८१÷८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८१÷८२ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण पारित गरियो ।

विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

Facebook Comments

सम्बन्धित समाचार