प्रभु बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा बुधबार बबरमहलस्थित प्रधान कार्यालयमा सम्पन्न भएको छ । बैंकका सञ्चालक समितिका अध्यक्ष किशोरजङ्ग कार्कीको अध्यक्षतामा बसेको सभाले विभिन्न प्रस्तावहरू सर्वसम्मत रूपमा पारित गरेको छ ।
सभाले सञ्चालक समितिको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१/८२ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरू पारित गरेको छ । साथै, बैंकका सहायक कम्पनी प्रभु क्यापिटल लिमिटेड र प्रभु स्टक मार्केट लिमिटेडको सोही आर्थिक वर्षको एकीकृत वित्तीय विवरण पनि पारित गरिएको छ ।
वार्षिक साधारण सभामा छलफल तथा निर्णयार्थ प्रस्तुत सबै प्रस्तावहरू सर्वसम्मत रूपमा अनुमोदन भएका हुन् । प्रभु बैंकले हाल देशभर ३१२ शाखा, ६८ एक्सटेन्सन काउन्टर र २६९ एटीएममार्फत ३७ लाखभन्दा बढी ग्राहकलाई अत्याधुनिक प्रविधिसहित गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको जनाएको छ ।
साधारण सभाको अवसरमा बैंकले प्रगतिका लागि शुभकामना व्यक्त गर्ने सेयरधनी, सञ्चारकर्मी तथा सरोकारवाला सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेको छ ।