• होमपेज
  • बैंकिङ्ग
  • सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ का लागि सम्झौता

सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ का लागि सम्झौता

  • सोमवार, पुस २८, २०८२
सानिमा बैंक र एनसीएचएलबीच ‘नेपाल पे कार्ड’ का लागि सम्झौता

सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) बीच नेशनल कार्ड स्विच अन्तर्गत डोमेस्टिक कार्ड स्किम ‘नेपाल पे कार्ड’ को नेटवर्कका लागि सम्झौता भएको छ ।

यस सम्झौतासँगै सानिमा बैंकले नेपाल पे कार्डको प्रमुख सदस्यता प्राप्त गरेको छ । नेशनल पेमेन्ट स्विच (एनपीएस) अन्तर्गतको नेशनल कार्ड स्विचलाई स्वदेशी कार्ड प्रयोग गरी गरिने कारोबारहरूको राउटिङ र सेटलमेन्टमा अन्तरआबद्धता सुनिश्चित गर्नका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।

सम्झौता पत्रमा सानिमा बैंकका तर्फबाट प्रमुख निक्षेप अधिकृत हेम राज सञ्ज्याल र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।

यो सहकार्यले नेपालको डिजिटल भुक्तानी प्रणालीलाई थप सुदृढ बनाउने र स्वदेशी कार्डमार्फत हुने कारोबारलाई सहज बनाउने विश्वास लिइएको छ ।

हाल सानिमा बैंकले देशका सातै प्रदेशमा १३४ वटा कार्यालयहरू तथा १२७ वटा ए.टि.एम. मार्फत आफ्ना ग्राहकहरूलाई आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार