• होमपेज
  • अर्थ/वाणिज्य
  • पूर्वऊर्जा मन्त्री दीपक खड्काको होटल फरेस्ट इनले आइपीओ जारी गर्ने

पूर्वऊर्जा मन्त्री दीपक खड्काको होटल फरेस्ट इनले आइपीओ जारी गर्ने

  • आइतवार, पुस २०, २०८२
पूर्वऊर्जा मन्त्री दीपक खड्काको होटल फरेस्ट इनले आइपीओ जारी गर्ने

पूर्वउर्जामन्‍त्री दीपक खड्काको लगानी रहेको होटल फरेस्ट इनले आइपीओ निष्कासन गर्न अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्ड(सेबोन)ले होटललाई चुक्ता पुँजीको २० प्रतिशतले हुन आउने ४० करोड रुपैयाँको ४० लाख कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो।

होटलले २०८० कात्तिकमा आइपीओ निष्कासन अनुमति माग गर्दै सेबोनमा आवेदन दिएको थियो। बुढानिलकण्ठ मुहान पोखरीमा रहेको फरेस्ट इन बेलायती चेन होटल इन्टर कन्टिनेन्टल होटल्स ग्रुप ‘आइएचजी’को व्यवस्थापनमा २०८१ जेठदेखि सञ्चालनमा छ।

पाँच तारे होटल इनमा १०४ कोठा छन्। होटलमा जिम, आउटडोर स्विमीङ पुल, स्पा र बच्चाका लागि प्ले जोन लगायत सुविधा छन्। रेटिङ एजेन्सीका अनुसार ३ अर्ब ४७ करोड रुपैयाँ लागतमा निर्माण भएको होटलमा २ अर्ब १३ करोड रुपैयाँ ऋण र बाँकी इक्विटीबाट लगानी गरिएको हो।

Facebook Comments

सम्बन्धित समाचार