• होमपेज
  • शेयर मार्केट
  • सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने

सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने

  • आइतवार, पुस २०, २०८२
सोलु हाइड्रोपावरले आइपीओ पुस २९ गतेदेखि बिक्री गर्ने

सोलु हाइड्रोपावरले सर्वसाधारण लागि साधारण शेयर (आइपीओ) बिक्री गर्ने भएको छ । कम्पनीले यही पुस २९ गतेदेखि आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरका २ करोड कित्ता आइपीओ निष्काशन लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीले सामूहिक लगानी कोषका लागि ५ लाख कित्ता र कर्मचारीहरुका लागि ३ लाख कित्ता छुट्टाएर बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारणका लागि जारी गरेको हो । यो आइपीओमा सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीको बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार