होटल फरेस्ट इन लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट सर्वसाधारणका लागि साधारण शेयर (आइपीओ) बिक्री गर्न अनुमति पाएको छ । उक्त कम्पनीलाई आज बोर्डले आइपीओ निष्काशनको स्वीकृति दिएको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता आइपीओ बिक्री गर्ने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल छ ।