स्टान्डर्ड चार्टर्ड बैंकका सञ्चालक सिद्धान्तराज पाण्डेले पदबाट राजीनामा दिएका छन् । पाण्डेले पुस १७ गते बिहीबारदेखि नै लागू हुनेगरि राजीनामा दिएका हुन् ।
पाण्डेको राजीनामा बैंक सञ्चालक समितिले स्वीकृत समेत गरिसकेको छ । पाण्डेले दुई दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा बिताएका पाण्डे २०७९ साल भदौमा बैंकको स्वतन्त्र सञ्चालक नियुक्त भएका थिए ।