सिमरा नेपालकै पहिलो ग्रीन स्टिल तथा रूफिङ कम्पनी हुलास स्टिल इन्डस्ट्रिज लिमिटेड ले बारा–सिमरा स्थित आफ्नो कारखानामा सौर्य ऊर्जा प्रणालीको उद्घाटन गरेको छ । यस परियोजना वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र नेपाल सरकारको प्राविधिक मार्गदर्शन तथा सब्सिडी सहयोगमा सम्पन्न भएको हो । जसले स्वच्छ ऊर्जाको प्रवद्र्धनमा सार्वजनिक–निजी सहकार्यलाई थप सुदृढ बनाएको छ ।
हुलास स्टिलले वातावरणीय दिगोपनका लागि निरन्तर पहल गर्दै यसअघि नै आफ्ना कन्टिन्युअस ग्याल्भनाइजिङ लाइन तथा कलर कोटिङ लाइनलाई डिजेलबाट विद्युतमा रूपान्तरण गरिसकेको छ । जसले जीवाश्म इन्धनको प्रयोग तथा कार्बन उत्सर्जनमा उल्लेखनीय कमी ल्याएको छ । सो पहललाई थप सुदृढ गर्दै सौर्य ऊर्जाको प्रयोगले नवीकरणीय ऊर्जातर्फ कम्पनीको प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।
स्थापित सौर्य प्रणालीबाट स्वच्छ तथा नवीकरणीय ऊर्जा उत्पादन भई सिओ २ उत्सर्जनमा मापनयोग्य कमी आउने अपेक्षा गरिएको छ । जसले ऊर्जा दक्षता र वातावरणीय सन्तुलनलाई समेत समर्थन गर्दछ ।
एइपीसीको सब्सिडी व्यवस्थाले औद्योगिक क्षेत्रमा रूफटप सोलार प्रणाली अपनाउन प्रोत्साहन प्रदान गरेको छ ।
यो पहल जिम्मेवार उत्पादन, जलवायु कार्य तथा दिगो औद्योगिक विकासप्रतिको हुलास स्टिलको प्रतिबद्धतासँग पूर्ण रूपमा मेल खान्छ । यस उपलब्धिसँगै हुलास स्टिलले इएसजी सिद्धान्तप्रतिको आफ्नो नेतृत्वलाई थप मजबुत बनाउँदै नेपालको हरित र दिगो भविष्यतर्फ सकारात्मक योगदान पुर्याइरहेको छ ।