२०५९ मा स्थापना भएको सिद्धार्थ बैंकले सेवा सञ्चालनको २३औं वर्ष पूरा गरेको छ । नक्सालस्थित प्रधान कार्यालयमा कामु प्रमुख कार्यकारी अधिकृतलगायत कर्मचारीको उपस्थितिमा वार्षिकोत्सव मनाइएको बैंकले जनाएको छ ।
बैंकले वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानमा रक्तदान आयोजना गरिएको बैंकले बताएको छ ।
बैंकले विराटनगर, दमक, वीरगञ्ज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी ११ स्थानमा रक्तदान आयोजना गरेको छ । रक्तदान कार्यक्रममा बैंक कर्मचारीका साथै ग्राहक एवं स्थानीय गरी ४८८ जनाले रक्तदान गरेका थिए ।
वार्षिकोत्सव अवसरमा आयोजना गरिएका कार्यक्रमले संस्थागत एकता, कर्मचारीको मनोबल वृद्धि तथा सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको बैंकले जनाएको छ ।