प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी सुनिल नारायण श्रेष्ठको नाममा रहेको १ लाख ३० हजार ४४२ कित्ता र मोक्षा राज्य लक्ष्मी देवी प्रधानको नाममा रहेको १३ हजार १७० कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
पहिलो चारणका लागि उक्त शेयर संस्थापक शेयर धनीका लागि मात्र खरिदका लागि राखिएको छ । उक्त शेयरमा ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्ने छ ।
सो समयमा संस्थापक शेयर धनीले खरिद नगरेमा उक्त शेयर अन्य व्यक्ति तथा संस्थालाई उक्त शेयर बिक्रीका लागि राखिएको छ ।