कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ। सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल परियोजनासँगको साझेदारीमा ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको हो।
यो योजनाअन्तर्गत सार्वजनिक यातायातका रुपमा संचालन गर्ने गरी विद्युतीय बस र माइक्रो बस खरिद गर्नेले डाउन पेमेन्टमा परियोजनाबाट निर्धारित अनुदान समेत पाउने बैंकले जनाएको छ।
बैंकका दिगो बैकिङ विकास विभाग प्रमुख अर्पण पौडेलका अनुसार इन्धनमा आधारित सार्वजनिक सवारी साधन सञ्चालन गरिरहेकाहरुले आफ्ना सवारी साधनलाई विद्युतीय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा थप अनुदान प्राप्त गर्न सक्नेछन्।
यसका लागि ऋणीले परियोजनामा आवद्ध सवारी साधन आपूर्तिकर्ताबाट विद्युतीय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजातसहित बैंकका शाखामा सम्पर्क गर्नुपर्नेछ।